आज बजार घट्नुको यस्तो छ कारण, अब टेवा कहाँ निर पाउँला ?

0
today-nep

काठमाडौं । शेयरबजारमा आज करेक्सन देखिएको छ । नेप्से परिसूचक ५१ दशमलव ३३ अंकले घट्दै २४०७ दशमलव २५ को विन्दुमा बन्द भएको छ ।

नेप्से परिसूचक २ दशमलव ०८ प्रतिशतले घटेकोमा ४ अर्ब ९५ करोडको शेयर कारोवार भएको छ । कारोवार रकम पनि थोरै घटेको छ ।

दोश्रो बजार २४६६ को विन्दुमा खुलेकोमा २४६७को उच्च विन्दुसम्म पुगेको थियो । बजारको न्यून विन्दु २३९७ रहेको छ । बजार केहि समयमा उकालो लागेको बजार धेरै बेसम्म टिकेन । जसले गर्दा बजार अन्तिमसम्म पनि घट्दो ट्रेन्डमा थियो तर अन्तिमको दश मिनेट भने बजार सकारातमक दिशातर्फ उन्मुख हुन प्रयास गर्दै थियो।

आज केही ठूला बजार पुँजीकरण भएका कम्पनीहरु करेक्सन देखिन थालेको थियो , यी कम्पनीहरुमा आएको करेक्सनले ती क्षेत्रका अन्य कम्पनीमा बिक्री चाप आएको थियो ।

नेपाल हाइड्रो डेभलपर्सको, नेपाल दुरसञ्चार कम्पनी, शिखर इन्स्योरेन्सको शेयर मूल्यमा आएको गिरावटले पनि केही असर भने परेको थियो । प्राविधिक रुपमा हेर्दा बजार ईण्ट्राडेमा २५००को विन्दु माथि पुग्न आज असफल भएको छ। त्यसैले आजको ग्राफले पनि बजारको लागि २४०० को विन्दु एउटा प्रमुख प्रतिरोधको क्षेत्रमा अघि सरेको छ।

बजारको अहिलेको टेवा २३०० को क्षेत्र रहेको छ। बजारले २३००को क्षेत्रमा एउटा प्राविधिक टेवा पाउने देखिन्छ भने २३०० को क्षेत्र एउटा मनोवैज्ञानिक टेवा क्षेत्र पनि हो ।

आज सर्वाधिक कारोवार हुने कम्पनीहरु

आज सर्वाधिक कमाउने  कम्पनीहरु

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed