आदर्श नव यूवा क्लवद्धारा धनगढी बसपार्क प्रहरीलाई स्वास्थ्य सामाग्री सहयोग

0
131398221_3595328937227186_1782011636360288705_n

धनगढी । धनगढीको आदर्श नव यूवा क्लवले धनगढी बसपार्क प्रहरीलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।
धनगढी उप–महानगरपालिका वडा नं – ५ मा रहेको आदर्श नव यूवा क्लवले धनगढी बसर्पाकमा रहेको अस्थायी प्रहरी पोष्टमा कार्यरत प्रहरीलाई स्वास्थ्य सामाग्री सहयोग गरेको हो ।
आदर्श नव यूवा क्लवका अध्यक्ष निराजन खड्काले सडकमा दीनरात नभनि खटीने प्रहरीलाई कोरोना सक्रमणबाट बच्न सहयोग होस भनेर ४०० पिस डिस्पोजल मास्क, १५ सेनीटाईजर, १२ सबुन, १२ कोलगेट, १२ बरस सहयोग गरेको बताउनुभयो ।

अध्यक्ष खड्कालेल अस्थायी प्रहरी पोष्टका प्रमुख सन्जय गुरुलाई उक्त सामान हस्तान्तरण गरीएको बताउनुभयो । यस्तै त्रिनगर सिमा नाकामा आदर्श नव यूवा क्लवले त्रिनगर भन्सारमा भारतबाट फर्किने नेपालीलाई १ सय दीन निःशुल्क भोजन कार्यक्रम व्यवस्थाको ब्यबस्था गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed