इंग्ल्याण्डसँग ‘टी–२० सिरिज’ खेल्ने भारतको टोली घोषणा, सूर्य र ईशानले पाए मौका

0
IND-V-sAUS

काठमाडौं । इंग्ल्याण्डविरुद्धको टी-२० सिरिजका लागि भारतको टिम घोषणा गरिएको छ । बीसीसीआईले आज विराट कोहलीको कप्तानीमा १९ सदस्यीय टोली घोषणा गरेको हो ।

अष्ट्रेलियासँगको सीमित ओभरको सिरिजमा मौका नपाएका ऋषभ पन्तले ‘कमब्याक’ गरेका छन् । त्यस्तै, रोहित शर्मा पनि टोलीमा फर्किएका छन् । उनले चोटका कारण अष्ट्रेलियासँगको वानडे र टी-२० सिरिज गुमाएका थिए ।

त्यस्तै, बीसीसीआईले सूर्यकुमार यादव, इशान किशन, राहुल तेवटियालाई पहिलो पटक टिममा समावेश गरेको छ । चोटका कारण अष्ट्रेलिया भ्रमण गुमाएका स्पिनर वरुण चक्रवर्तीले पनि टिममा स्थान बनाउन सफल भएका छन् ।

त्यस्तै, चोटका कारण लामो समय विश्राम गरिरहेका तीव्र गतिका बलर भुवनेश्वर कुमारले पनि ‘कमब्याक’ गरेका छन् ।

टिमका महत्वपूर्ण सदस्य जसप्रीत मुमराहलाई इंग्ल्याण्डसँगको टी-२० सिरिजमा विश्राम दिइएको छ । भारत र इंग्ल्याण्डबीचको पाँच खेलको सिरिज १२ मार्चदेखि सुरु हुनेछ । सबै म्याच अहमदाबादमा हुनेछन् ।

भारतको टोली

इंग्ल्याण्डसँगको टी-२० सिरिजका लागि भारतको टोली – विराट कोहली (कप्तान), रोहित शर्मा, केएल राहुल, शिखर धवन, श्रेयस अय्यर, सूर्यकुमार यादव, हार्दिक पांड्या, ऋषभ पन्त (विकेटकीपर), इशान किशन (विकेटकीपर) युजवेंद्र चहल, वरुण चक्रवर्ती, अक्षर पटेल, वासिङ्गटन सुन्दर, राहुल तेवटिया, टी नटराजन, भुवनेश्वर कुमार, दीपक चाहर, नवदीप सैनी र शार्दुल ठाकुर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed