इच्छाराजलाई धरौटीमा छाड्न न्यायाधीश र वकिलबीच २ करोडको डिल भएको अडिओ सार्वजनिक

0
ssssssssssss

काठमाडौं। काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रूद्र पोखरेलबीच ठगी मुद्दामा पक्राउ परेका व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा रिहा गर्न दुई करोडको डिल भएको अडिओ सार्वजनिक भएको छ।

उक्त अडिओ सार्वजनिक भएपछि छलफल गर्न कायममुकायम प्रधानन्यायायाधीश दीपककुमार कार्कीले आज न्याय परिषद्को बैठक डाकेका छन्। बैठक दिउँसो साढे १ बजे बस्दै छ।

न्युज २४ को टेलिभिजनको सिधा कुरा जनतासँग कार्यक्रममा जिल्ला न्यायाधीश कोइराला र अधिवक्ता पोखरेलबीच भएको टेलिफोन संवाद मंगलबार साँझ प्रसारण भएको थियो। ९भिडिओ अन्त्यमा राखिएको छ०

झन्डै १० मिनेट लामो उक्त अडिओमा अधिवक्ता पोखरेलले न्यायाधीश कोइरालालाई यस्तो अवसर फेरि(फेरि नआउने भन्दै धरौटीमा छोड्ने आदेश दिन भन्छन्। त्यसका लागि आफूले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणादेखि काठमाडौं जिल्ला अदालतका पहिलो नम्बरका न्यायाधीशलाई पनि भन्ने आश्वासन दिन्छन्।

सुरूमा आफ्नो जागिर जान्छ कि भनेर डराएका न्यायाधीश कोइराला उच्च अदालतमा पनि उनकै आदेश सदर गराउने अधिवक्ता पोखरेलको आश्वासनपछि सहमत हुन्छन्।

सर्वसाधारणको आठ अर्ब ठगीको आरोपमा पक्राउ परेका तामाङलाई २०७८ पुस १४ गते काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो।

जिल्ला न्यायाधीश कोइराला र अधिवक्ता पोखरेलबीच त्यसअघि नै लेनदेनको कुरा भएको देखिन्छ। उनीहरूबीच पछि कुरा मिलेको देखिन्न। तामाङलाई थुनामा पठाउने आदेश न्यायाधीश कोइरालाले नै दिएका थिए।

घुस डिल गर्ने अधिवक्ता पोखरेल नेकपा एमालेनिकट हुन्। उनी नेपाल बारका कोषाध्यक्ष थिए। केपी शर्मा ओलीले संसद विघटन गरेपछि उनले ओलीका पक्षमा सर्वोच्चमा बहस गरेका थिए। उनी एमालेको कानुन विभागका सदस्य हुन्। पोखरेल झापाका हुन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed