उखु किसानको भुक्तानी नदिने उद्योगीलाई गिरफ्तार नगर्न नेताहरुले नै फोन गरेर दवाव दिए:उद्योगमन्त्री भट्ट

0
final ukhuuuuu

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले उखु किसानको भुक्तानी नदिने उद्योगीलाई कारबाही नगर्न दवाव दिन नेताहरुको फोन आउने गरेको बताउनुभएको छ।

संघीय संसद प्रतिनिधि सभाको उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बिहीबारको बैठकमा बोल्दै उद्योग मन्त्री भट्टले ट्विटरमा किसानलाई न्याय दिनुपर्छ भनेर लेख्ने नेताहरुबाटै उद्योगीलाई गिरफ्तार नगर्न भन्दै फोन आएको बताउनुभयो ।

सामाजिक सञ्जालमा न्यायको वकालत गर्दै उद्योगीलाई कारबाही गर्नुपर्छ भन्ने तर मन्त्रीलाई फोन गरेर कारबाही नगर भन्ने द्वैध चरित्र देखाउने प्रवृतिले समस्या भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘यहाँ द्वैध चरित्रले अलि समस्या हुन्छ जस्तो लाग्यो मलाई, यहाँ न्यायको कुरा गर्ने, उद्योगीलाई ठेगान लगाउनुपर्छ पनि भन्ने अनि जब ठेगान लगाउन थाल्यो फोन आउँछ। होइन त्यसलाई त रोक्नुपर्‍यो नी। उद्योगी त तिर्छु भनेको छ नी चार दिन रोकिदिनु पर्‍यो भन्ने। यी खालका जो आउँछन् अब यो हामीले भन्न खोजेको गर्न खोजेको के हो अब अलिकति सम्बन्धित पक्षले बुझ्नु जरुरी छ।

मैले ट्विटर हेरेँ निकै नेताहरुको किसानले न्याय पाउनुपर्छ भनेर लेखेका छन अनि तिनै नेताले फोन गर्छन् र उद्योगीलाई गिरफ्तार गर्न हुन्न भन्छन्। यो खालको क्यारेक्टरले पनि समस्या हल गर्नमा बाधक बन्यो।’

उद्योगीहरु जो भएपनि मन्त्रालयले कारबाहीका लागि कानूनी प्रक्रिया अगाडि बढाएको मन्त्री भट्टले बताउनुभयो । उद्योगीको संरक्षण र विकास गर्ने काम उद्योग मन्त्रालय अन्तर्गत पर्ने तर कुनै उद्योगीले अन्याय गर्छ भने त्यसलाई छाडन नमिल्ने पनि मन्त्री भट्टले प्रष्ट पार्नुभयो तर उद्योग मन्त्रालयसँग ऐन नहुँदा का।नूनी दायरामा ल्याउन कठिन भएको पनि मन्त्री भट्टले बताउनुभयो ।

मन्त्री भट्टले माइतिघर मण्डलामा आन्दोलनमा आउने किसानहरुलाई आफूले विचौलिया नभनेको पनि स्पष्ट पार्नुभयो

उद्योगीले आफूलाई भनेको कुरामा मिडियाले ट्विस्ट गरेका कारण विचौलिया छन् भन्ने कुरा आएको र राजनैतिक खेति गर्नेहरुले हल्ला गरेको पनि मन्त्री भट्टले बताउनुभयो । किसानको बक्यौता रकम भुक्तानी गराउन मन्त्रालयले अधिकतम पहल गरिरहेको उहाँको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed