ओलीले दुइ पद ओगट्न पाइदैन्,कि त प्रधानमन्त्री छोड्नुपर्यो, होइन् भने अध्यक्ष छाड्नै पर्छ:माधव नेपाल समूह

0
four-leaders-NCP_20181208111439

काठमाडौं । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा सचिवालय बैठकमा पेश गरेको राजनीतिक दस्तावेजलाई साम्य पार्न ओलीले एक पद त्याग गर्नुपर्ने अडानमा एक हुने रणनीति लिएका छन् ।

माधव नेपाल समूहले प्रचण्डले पेश गरेको राजनीतिक प्रस्तावलाई साझा निष्कर्ष र पार्टीभित्र देखा परेका कार्यशैलीगत र प्रवृत्तिगत समस्याको रूपमा चित्रित गर्दै सो प्रस्तावको अपनत्व लिएको हो ।

सचिवालय बैठकमा प्रचण्डले प्रस्तुत गरेको दस्तावेज सचिवालयका पाँचै जना (वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ) नेताको सामूहिक निष्कर्ष भएको बताएका छन् ।

पार्टीको तत्कालीन संकट निवारणका लागि ओलीले एक पद त्याग गर्नुपर्ने अडानमा एक हुने रणनीति माधव नेपाल समूहले निर्माण गरेका छन्।नेपाल समूहका नेता बताउँछन् ,‘कार्यशैली सच्याउन पनि तयार नहुने, बैठक पनि डाक्न तयार नहुने ओलीलाई अब कम्तीमा एक पदबाट हामीले हटाइछोड्नु पर्ने भएको छ।

ओलीले पार्टी एकताको रक्षाका लागि भन्दा पनि धम्की मात्रै आउन थालेको र आफूहरुविरुद्ध केकस्तो कदम चाल्ने भन्नेमा राष्ट्रपतिसँग समेत पटकपटक छलफल गरेको अवस्थामा उनको विकल्प खोज्ने निर्णयमा आफूहरु पुगेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed