कांग्रेस महामन्त्री शशांक कोइरालालाई कोरोना संक्रमण पुष्टि

0
23132106_156974771574034_8369482524497174259_n

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालालाई कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार नै स्वाब दिनुभएका कोइरालाको रिपोर्ट पोजेटिभ आएको उहाँका स्वकिय सचिव भरत तिवारीले जानकारी दिनुभयो ।

कोरोना संक्रमण भए पनि कोइरालामा कुनै लक्षण भने देखिएको छैन । उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको उहाँका स्वकीय सचिव भरत तिवारीले जानकारी दिनुभयो ।

महामन्त्री कोइराला सहित अन्य पारिवारिक  १९ जना सदस्यकाे काेराेना परीक्षण गरीएको थियो । तर परीक्षण गरीएको मध्ये अन्य १८ जनाको रिपोर्ट नेगेटिभ आएको छ । तर महामन्त्री कोइरालाको पोजेटिभ आएको उहाँका स्वकिय सचिव भरत तिवारीले जानकारी दिनुभयो ।

स्वकिय सचिव तिवारीका अनुसार महामन्त्री कोइरालामा कुनै लक्षण नदेखिएको बताउनुभयो । अहिले कोइरालाको स्वास्थ्य अवस्था सामान्य रहेको र घरमै होम आइसोलेसनमा बसीरहेको जानकारी दिनुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed