कांग्रेस र जसपाको साथ पाउँछु,राजीनामा दिन्न : प्रधानमन्त्री ओली

0
himallay tv

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने जिकिर गरेका छन्।

प्रधानमन्त्री ओलीले संसदमा आफूसँग अझै पनि ६४ प्रतिशत सांसद रहेको दावी गर्नुभयो । साथै आफूलाई कांग्रेस र जसपाको साथ पाउने उनको दाबी छ।

उनले भने, ‘कांग्रेस र मधेसवादी दलले राजनीति गरेको,पार्टी खोलेको कुनै अमुक महत्वकांक्षी व्यक्तिलाई प्रधानमन्त्री बनाउन हो ? लोकतन्त्रका लागि लड्ने आफूहरुको पुरानै समझदारी छ।

सर्वोच्चको फैसलाले संवैधानिक हार त भयो नि भन्ने प्रश्नमा प्रधानमन्त्रीले प्रतिप्रश्न गरे,‘केमा हरायो रु राजीनामा देऊ भन्यो रु अदालतले यस्तो अवस्थामा राजीनामा दिनुपर्छ भन्यो ?’

उनले राजीनामा दिए सर्वोच्च अदालतको फैसलाले अस्थिरता निम्त्याएको देखिने दाबी गरे। उनले भने, ‘मैले गरेको निर्णयले यो स्थिति होइन, देश चुनावतिर जान्थ्यो । समस्याको समाधान हुनेतिर जान्थ्यो ।’

आफू त्यहीँको प्रधानमन्त्री भएको भन्दै उनले अविश्वास प्रस्ताव पारित गरेर देखाउन चुनौती दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed