कांग्रेस सभापति देउवाले भने, ‘प्रधानमन्त्री बन्ने प्रस्ताव आए जिम्मेवारीबाट भाग्नेवाला छैन्’

0
sherbahadur_deuba_4NL31c4vpW

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदको जिम्मेवारी आए पछि नहट्ने बताएका छन् ।

बुधबार चितवनमा आयोजित कार्यक्रममा बोल्दै सभापति देउवाले आफ्नो पार्टीलाई प्रधानमन्त्री बन्ने प्रस्ताव आए पछि नहट्ने बताएका हुन् ।
उनले भने, ‘कांग्रेसलाई पदको लोभ छैन, तर काँधमा जिम्मेवारी आए पूरा गरेरै छाडिन्छ ।’

वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रसंग उठाएको भन्दै जवाफमा उनले ‘शेरबहादुर प्रधानमन्त्री हुन नहुने भन्ने सानो चित्त नगर्न’ पनि पौडेललाई आग्रह गरेका छन्।

उनले प्रधानमन्त्रीका लागि मरिमेट्ने वा भाग्ने कुरा नहुने बताए। ‘काँधमा जिम्मेवारी आयो भने जिम्मेवारी लिनुपर्छ,’ उनले भने।

सोही कार्यक्रममा महामन्त्री शशांक कोइरालाले नेकपाको प्रचण्ड–माधव समूहसँग मिलेर कांग्रेस सरकारमा जानुपर्ने धारणा राखे । उनले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव प्रचण्ड–माधव समूहले या कांग्रेसले ल्याउनेसमेत बताएका हुन् ।

‘प्रचण्ड–माधव नेपालसँग मिलेर हामी सरकारमा जानुपर्छ भन्ने मेरो व्यक्तिगत धारणा हो,’ उनले भने । नेकपा विभाजन नभइ कांग्रेस सरकारमा गएर केही उपलब्धी नहुने उनको धारणा थियो ।

महामन्त्री कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रचण्ड–माधव समूहसँग मिलेर भए पनि पदबाट हटाउने स्पष्ट पारे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed