काठमाडौं उपत्यकामा निषेधाज्ञा अझै कडा,सुरक्षकर्मी बाहेक अन्य सवारी साधन उपत्यका प्रवेश गर्न नपाइने

0
nisadaagya

काठमाडौं । सरकारले एक साताका लागि जारी गरेको निषेधाज्ञा भदौ १७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञाको समय बढाइएको छ।

बुधबार काठमाडौं, भक्तपुर, ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले निषेधाज्ञाको समय एक साता बढाउने निर्णय गरेको हो।

बुधबार उपत्यकाका तिनैजना प्रमुख जिल्ला अधिकारीको वैठकले ‘अत्यावश्यक सेवा तथा वस्तुमा बाहेक पहिलेको भन्दा कडा तरिकाले निषेधाज्ञा कार्यान्वयन गर्ने निर्णय गरीएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिनुभयो ।

मंगलबार तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसहित स्थानीय तह, उद्योग वाणिज्य, स्वास्थ्यकर्मीलगायतको सर्वपक्षीय बैठक बसेको थियो। उक्त बैठकमा निषेधाज्ञालाई बढाउँदै जानुपर्ने राय सुझाव पेश भएको थियो।

‘सबै पक्षबाट निषेधाज्ञालाई निरन्तरता दिनुपर्ने राय आएपछि समय थप गरीएको दाहाललले बताउनुभयो । निषेधाज्ञामा पहिलेको जस्तै अत्यावश्यक सेवा खाद्यान्न, तरकारी, दुग्धजन्य चिजहरूलाई सहज गरिने छ। खाद्यान्न, तरकारी, दुग्धजन्य पसलहरू सवा ९ बजेसम्म खुल्नेछन्।

सरकारी गाडी, एम्बुलेन्स, कार्डबाहक सवारीसाधनहरूलाई रोकिने छैन। काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढेपछि प्रशासनले भदौ ३ गतेदेखि निषेधाज्ञा जारी गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed