कोभिड–१९ का कारणले रोकिएका सवै परीक्षा छठलगत्तै गर्ने त्रिविको तयारी

0
tu

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले कोभिड–१९ का कारणले रोकिएका परीक्षा सञ्चालन गर्ने भएको छ ।

त्रिवि कार्यकारी परिषद्, परीक्षा सुधार तथा समन्वय परिषद् र केन्द्रीय परीक्षा सञ्चालन समितिको बुधबार बसेको बैठकले छठलगत्तै रोकिएका परीक्षा सञ्चालन गर्न तयारी गर्न सम्बन्धित कार्यालयलाई निर्देशन दिने निर्णय गरेको हो।

त्रिविले विद्यार्थीलाई पायक पर्ने ठाउँबाट नै परीक्षा दिने वैकल्पिक व्यवस्थासहित छठलगत्तै परीक्षाको तयारी थाल्न निर्देशन दिइएको त्रिविका प्रवक्ता सुर्य प्रकाश अधिकारीले जानकारी दिनुभयो ।

त्रिविले कोभिड–१९ का कारणले सबै रोकिएका परीक्षा छठलगत्तै गर्ने गरी दसैं अगाडि नै परीक्षाको कार्यतालिका सार्वजनिक गर्न सम्बन्धित डिन कार्यालयलाई पत्रचारसमेत गरिसकेको छ। त्रिविले विद्यार्थी थोरै भएका परीक्षा भने दसैं र तिहारको बीचमा गर्ने सक्ने जनाएको छ। परिक्षा नियन्त्रण कार्यलयले पनि बुधबार नै सबै डिन कार्यालयलाई परीक्षाको तयारी थाल्नका लागि परिपत्र गरेको छ।

त्रिविले भौतिक दूरी र स्वास्थ्यको मापदण्ड तोकेर परीक्षा लिने व्यवस्था गर्ने छ। परिक्षा नियन्त्रण कार्यलयले वार्षिक परीक्षा र सम्बन्धित डिन कार्यालयले सेमेष्टर परीक्षा लिने छन्।

त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले सेमेष्टरको भर्चुअल परीक्षा गर्नेबारे छलफल गरे पनि अब नगर्ने बताउनुभएको छ । परीक्षा नियन्त्रक जोशीले केही डिन कार्यालयले सेमेष्टर प्रणाली परीक्षा भर्चुअल गर्ने भने पनि अब विद्यार्थीलाई भौतिक उपस्थिति गराएर परीक्षा गर्ने भएको जानकारी दिनुभयो ।
त्रिवि प्रवक्ता सुर्य प्रकाश अधिकारीले माघसम्म सबै परीक्षा सकाएर आगामी फागुन र चैतदेखि पढाइ सञ्चालन गर्ने तयारी रहेको जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed