कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि क्वारेन्टिन व्यवस्थापन गर्ने युवालाई सम्मान

0
photooo 1111111111111111

धनगढी । कोराना महामारी नियन्त्रण तथा रोकथामका लागि काठमाडौ, भारत लगायत तेस्रो मुलुकबाट धनगढी भित्रिएका नागरिकलार्ई क्वारेन्टिनमा व्यवस्थापन गर्ने युवालाई सम्मान गरीएको छ।
मंगलबार धनगढीको सामूदायिक सेवा केन्द्रमा एक कार्यक्रमको आयोजना गरी आर्दश नव युवा क्लवले ४५ दिनसम्म क्वारेन्टाइन व्यवस्थापनमा सहयोग गर्ने ३० जना सदस्यलाई सम्मानपत्र तथा दोसल्ला ओढाएर सम्मान गरीएको क्लवका अध्यक्ष निराजन खड्काले बताउनुभयो ।
क्लवका अध्यक्ष खड्काले भन्नुभयो,’कोरोना महामारीमा एक व्यक्ति अर्को व्यक्ति देखेर डराउनुपर्ने अवस्था आएको थियो । सो अवस्थामा पनि दिनरात नभनी विभिन्न स्थानबाट धनगढी प्रवेश गरेका नागरिकलाई क्वारेन्टिनमा राख्नुपर्ने अवस्था थियो । ति नागरिकलाई क्वारेन्टिनमा बस्दासम्म खाना पकाउने देखि लिएर सरसफाइका क्षेत्रमा युवाहरुले काम गर्नुभएको थियो । उहाँहरुको कामलाई मूल्याङ्कन गरेर सम्मान प्रदान गरेका छौ।’
धनगढीको त्रिनगर सिमा नाका,काठमाडौ लगायत तेस्रो मुलुकबाट धनगढी उपमहानरपालिका वडा न नंम्वर ५ हसनपुर प्रवेश गरेका करिवव १ हजार नागरिकलाई ४५ दिनसम्म प्रत्येक व्यक्तिलाई अनिवार्य १४ दिनसम्म क्वारेन्टिनमा राखिएको थियो ।
यस्तै क्लवले भारतबाट धनगढी फर्किएका दैनिक ४ सय नागरिकलाई ४५ दिनसम्म निःशुल्क रुपमा खाना,नास्ता र अन्य स्वास्थ्य समाग्री प्रदान गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed