कोरोना संक्रमणबाट जोगाउन कैदीबन्दीको स्वास्थ्य मापदण्डमा कडाइँ

0
178346663_245641877288289_118173798670248861_n

काठमाडौं । कोरोना संक्रमणको दोस्रो भेरियन्टका संक्रमति बढ्सँगै जेलमा रहेका कैदीबन्दीलाई पनि संक्रमणबाट बचाउनका लागि पूर्णरुपमा स्वास्थ्य मापदण्ड अपनाइएको कारागार प्रशाससनले जनाएको छ।

क्षमताभन्दा बढी कैदीबन्दी रहेको कारागारमा उच्च जोखिम हुने भएकाले परिवारलाई भेट्नका लागि रोक लगाइएको छ । मुलुककै सबैभन्दा ठूलो कारागार सुन्धारास्थित जगन्नाथदेवल अर्थात केन्द्रीय कारागारमा कोरोना महामारीको दोस्रो भेरियन्टबाट बच्नका लागि स्वास्थ्य मापदण्ड अपनाइएको अस्पतालले जनाएको छ। कोभिड–१९ को संक्रमण बढेसँगै कारागारमा अत्यधिक संख्यामा रहेका कैदीबन्दीले असुरक्षित महसुस गर्न नपर्ने कारागारले जनाएको छ ।

कोरोना संक्रमणको जोखिम कम गर्न कारागारले आफन्तसँग भेटघाट तथा बाहिरको खाना खान पूर्ण रुपमा प्रतिवन्ध लगाएको छ। यस्तै नयाँ आउने कैदीबन्दीलाई २ सय ५० जना क्षमताको क्वारेन्टाइनको व्यस्था गरेको छ । यस्तै कारागारभित्रै १० जना रहने क्षमताको अक्जिसनसहितको आइसोलेसन सेन्टर निर्माण गरीएको छ भने कोरानाको लक्षण देखिनासाथ अस्पताल लैजाने व्यवस्था गरिएको छ ।

नयाँ आउने कैदीबन्दी अनिर्वाय रुपमा क्वारेन्टीनमा बस्नुपर्ने नियम लगाइएको कारागार व्यवस्थापन विभागका प्रमुख जेलर लक्ष्मीप्रसाद बास्कोटाले बताउनुभयो । कारगारभित्रै सामाजिक दूरी कायम गर्नसक्ने अवस्था नभएका कारण बाहिरबाट कोराना फैलिन नदिनतर्फ बढी भ्यान रहेको कारागार प्रमुख बास्कोटाको भनाइ छ ।

यस्तै, निषेधाज्ञाको समयमा पनि कैदीबन्दीको न्यायमा पहुँच पुर्याउनका लागि अदालतसँग समन्वय गरिरहेको कारागार प्रशासनले बताएको छ। अदालतले छोड्न आदेश गरेका कैदी बन्दीको प्रक्रिया पूराका लागि कारागार प्रशासनले काम गरिरहेको बताउनुभयो ।

यस्तै, कारागारमा रहेका सम्पूर्ण कैदीबनदीलाई कोभिड खोप लगाइएको छ । हाल केन्द्रीय कारागारमा १ हजार चार सय ५२ क्षमता रहेको भएपनि कारागारमा ३ हजार २ सय ५२ जना कैदीबन्दी रहेका छन् । जसमध्ये १५ जना बालबालिका रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed