छात्रालाई होटलमा लगेर परीक्षा लिने शिक्षक जेल चलान

0
collage (5)

पोखरा । छात्रालाई होटलमा लगेर परीक्षा लिएको आरोप लागेका एक शिक्षक जेल चलान भएका छन् ।
छात्रालाई एक होटलमा पु¥याएर परीक्षा लिई जबरजस्तीको समेत प्रयास गरेको अभियोग लागेका पोखराको राष्ट्रिय माविका शिक्षक शिरिषकुमार बस्ताकोटी जेलचलान भएका हुन् ।

गत मंसिरमा छात्रालाई पोखरादेखि झण्डै २० किमी टाढा रुपातालको एक होटलमा पु¥याएर परीक्षा लिई जबरजस्तीको प्रयास गरेको अभियोग लागेका बस्ताकोटीलाई जिल्ला अदालत कास्कीले पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको हो ।
शिक्षक बस्ताकोटीले गत मंसिर १२ गते एक छात्रालाई मौका परीक्षा होटलमा लिन मिल्ने भन्दै मोटरसाइकलको पछाडि राखेर रुपाातालको एक होटलमा पु¥याएका थिए । विद्यालयमा लिनु पर्ने मौका परीक्षा होटलमा लिएको बारे २ महिनापछि मात्र खुलासा भएको थियो ।

छात्रालाई होटलमा लगेर परीक्षा लिएको सार्वजनिक भएपछि माघ ५ गते अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीले विद्यालय प्रधानाध्यापक सूर्य तिवारी, सहकेन्द्राध्यक्ष घनश्याम रेग्मी र शिक्षक शिरिषकुमार वस्ताकोटीलाई पक्राउ गरेको थियो ।

सो मुद्दामा जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले बस्ताकोटालाई थप अनुसन्धानका लागि कारागारमा राख्ने आदेश गरेको अदालतका सूचना अधिकारी नील प्रसाद पनेरुले जानकारी दिए ।शिक्षक पक्राउ पछि प्रहरीले आवश्यक अनुसन्धान गरी तीनै जना बिरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गरेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed