ज्याेति लाइफ इन्स्योरेन्सले ६६ लाख कित्ता आईपीओ निष्काशन गर्न पायो अनुमति

0
-ipo-ruru

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई आईपीओ निष्काशन गर्ने अनुमति दिएको छ। बोर्डले इन्स्योरेन्सलाई ६६ करोड बराबरको ६६ लाख कित्ता आईपीओ निष्काशन गर्न अनुमति दिएको हो।

बोर्डले कम्पनीलाई आईपीओ निष्काशन गर्न फागुन ७ गते अनुमति दिएको हो। इन्स्योरेन्सले एनएमबि क्यापिटललाई आईपीओ बिक्री प्रबन्धक नियुक्त गरेको छ।

हाल १ अर्ब ५४ करोड रुपैयाँ रहेको यस इन्स्योरेन्सको चुक्ता पूँजी आईपीओ निष्काशनपश्चात २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed