तीन महिनापछि मन्त्रिपरिषदले पायो पूर्णता, को -के मन्त्री बने हेर्नुस् (सूचीसहित)

0
mantriparisad final

काठमाडौं ।  प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तार गरेका छन्।

प्रधानमन्त्री देउवाले झन्डै तीन महिनापछि आज मन्त्रिपरिषद विस्तार गरेका हुन्। गठबन्धनबाट नेपाली कांग्रेसका सभापति देउवा गत असार २९ गते प्रधानमन्त्री भएका थिए।

देउवाले यसपालि कसैलाई पनि उपप्रधानमन्त्री बनाएका छैनन्। उनले यसअघि कांग्रेसबाट तीन मन्त्री र एक राज्यमन्त्री बनाएका थिए भने नेकपा माओवादी केन्द्रबाट दुई जनालाई मन्त्री बनाएका थिए। अरू मन्त्रालय करिब तीन महिना देउवाले आफैँसँग राखेका थिए।

सत्तारूढ गठबन्धनका तर्फबाट कांग्रेस, माओवादी, जनता समाजवादी, नेकपा (एकीकृत समाजवादी) लाई समेटेर देउवाले आज मन्त्री बनाएका हुन्।

नवनियुक्त मन्त्रीहरूको सपथ आजै अपरान्ह गरिने भएको छ। देउवाले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री रहेका उमेश श्रेष्ठलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमै राख्ने भएका छन्।

साथै यसअघि कानुन मन्त्री रहेका ज्ञानेन्द्रबहादुर कार्कीको जिम्मेवारी हेरफेर गरेर सञ्चार मन्त्रालयमा पठाइएको छ।

सूची हेर्नुस्:

 

को कुन मन्त्री भए हेर्नुस्:

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed