देउवाको पक्षमा हस्ताक्षर गर्ने नेपाल र यादव पक्षका सांसदमाथि कारवाही गरेको पत्र राष्ट्रपति कार्यालयमा

0
collage (13)

काठमाडौं । नेकपा एमालेले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने २६ जना सांसदमाथि कारवाही गरेको पत्र राष्ट्रपति कार्यालयलाई पठाएको छ ।
एमालेका केन्द्रीय सदस्य समेत रहेका एमाले केन्द्रीय कार्यालका सचिव शेरबहादुर तामाङले राष्ट्रपति कार्यालयमा उक्त ब्यहोराको पत्र पठाएको पुष्टि गरे ।

यस्तै जनता समाजवादी पार्टी नेपाल महन्थ ठाकुर पक्षले काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका १२ जनालाई मान्यता नदिन राष्ट्रपति विद्यादेवी भण्डारीलाई पत्र पठाएको छ ।

जसपा नेपालका संसदीय दलका नेता राजेन्द्र महतोले लेखेको पत्रमा काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आफ्नो दलबाट १२ जनाले गरेको हस्ताक्षर गर्ने सांसद्लाई पार्टीले कारवाहीको प्रकृया अगाडि बढाएको हुनाले सो हस्ताक्षरलाई मान्यता नदिन आग्रह गरेका छन् ।

जसपा नेपालका उपेन्द्र यादव पक्षले प्रधानमन्त्री देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपति कार्यालयमा १२ जना सांसदको हस्ताक्षर बुझाएका थिए ।

यता, जसपा नेपालका अध्यक्ष ठाकुरले प्रधानमन्त्री ओलीको समर्थनमा पार्टीका ३२ जनाको नामसहितको हस्ताक्षर राष्ट्रपति कार्यालयमा बुझाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed