दोस्रो बजारमा अनलाइनबाट शेयर कारोबार गर्ने पाँच लाख पुगे

0
nepse-9

काठमाडौं । दोस्रो बजारमा शेयर कारोबार गर्ने लगानीकर्ता करिब साढे ६ लाख पुगेका छन्। दैनिक शेयर कारोबार बढ्दै जाँदा लगानीकर्ता समेत बढ्दै गएका हुन्।

दोस्रो बजारमा कारोबार गर्ने लगानीकर्ता साढे ६ लाख पुग्दै गर्दा अनलाइन कारोबार गर्ने लगानीकर्ताको संख्या चार लाख ९९ हजार ६ सय ९३ पुगेका छन् भने अफलाइन ९ब्रोकर कम्पनीबाट शेयर कारोबार० गर्ने लगानीकर्ताको सङ्ख्या दुई लाख ४३ हजार तीन सय ४८ पुगेको छ। अनलाइन र अफलाइन गरेर यति बेला शेयर कारोबार गर्ने लगानीकर्ताको सङ्ख्या ६ लाख २७ हजार ६ सय ६२ छ।

दोस्रो बजार प्रविधि मैत्री हुँदै गएपछि अनलाइन प्रयोगकर्ता बढ्दै गएका हुन्। सबै जसो लगानीकर्ता अनलाइनमै कारोबार गर्न अभ्यस्त हुँदै गएपछि दोस्रो बजारमा शेयर कारोबारी बढ्दै गएका हुन्।

हेर्नुस् कसको कति ग्राहक

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed