निर्णायक मोडमा प्रचण्डलाई बादलको सधैँ धोका,गृहमन्त्री वादल प्रधानमन्त्री ओलीकै पक्षमा

0
badal vs parchand

काठमाडौ । गृहमन्त्री तथा नेकपा सचिवालय सदस्य रामबहादुर थापा बादलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिने हुनुभएको भएको छ ।

बादल निकट मानिने लुम्बिनी प्रदेशसभा सदस्य आईपी खरेलले बुधवार राति सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ,बादलजी सम्बन्ध तोडिन्न, तपाईसँग सति जान सकिएन। तपाईँको प्रगति होस्।

खरेलले बुधवार राति गृहमन्त्री थापाको सचिवालयबाट उनी प्रधानमन्त्री पक्षमा लागेको जानकारी आफूलाई दिइएपछि त्यस्तो लेखेको बताउनुभयो ।

प्रचण्ड पक्षमा लाग्नुभएका उहाँले ‘अहिलेसम्म दिएको साथको निम्ति हामीलाई धन्यवाद दिँदै बादलजी प्रधानमन्त्रीलाई साथ दिने निर्णयमा पुगेको जानकारी उहाँको सचिवालयबाट गराइएको खरेलले बताउनुभयो ।

पार्टीभित्रको विवाद उत्कर्षमा पुगेका बेला प्रचण्डले पूर्वमाओवादीका सबै मन्त्रीलाई पदबाट राजीनामा गर्न निर्देशन दिए । सबैले माने तर बादल र लेखराज भट्टले मोननन् । एकपटक ओलीले बादललाई बोलाएरै कित्ता क्लियर गर्न भन्नुभएको थियो । बादलले ओलीलाई साथ दिने संकेत त्यसबेला नै गर्नुभएको थियो । बादल खुलेर कहिल्यै बोलेनन् तर भित्रभित्रै गुट परिवर्तन गरेको आरोप नेताहरुको छ ।

प्रचण्ड समूहका नेताहरु बादलले सधैँ प्रचण्डलाई फाइदाका लागि प्रयोग गरेको र निर्णायक संघर्षमा साथ छाड्दै आएको बताउँछन् । थापानिकट नेताहरू स्थायी कमिटी सदस्यहरू देवप्रसाद गुरुङ र पम्फा भुसाल यसअघि नै प्रचण्ड पक्षमा लागिसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed