नेकपाका पहिलो तहका सबै नेता प्रधानमन्त्री भइसके,अब वामदेवको पालो:प्रधानमन्त्री ओली

0
Kp-Oli-Bamdev-Gautam2020-07-28-12-46-43

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव पुनः राख्नुभएको छ ।
बुधबार वालुवाटारमा बसेको स्थायी कमिटी बैठकमा बोल्दै ओलीले अबको प्रधानमन्त्री गौतमलाई बनाउनुपर्ने बताएको एक स्थायी कमिटी सदस्यले जानकारी दिनुभयो । ओलीले पार्टीका पहिलो तहका सबै नेता प्रधानमन्त्री भइसकेको भन्दै अब वामदेवको पालो आएको बताउनुभएको थियो ।
‘यो बेला प्रधानमन्त्री किन फेर्नुपर्‍यो। यो लाइनका हामी सबै प्रधानमन्त्री भइसकेका छौ, नभएको उपाध्यक्ष मात्रै हो, बनाउने हो भने अब उहाँलाई नै बनाउनुपर्छ।’ बैठकको पहिलो लहरमा ओली, प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतम बस्नुभएको थियो

अर्का स्थायी कमिटी सदस्य लिलामणी पोखरेलले पनि प्रधानमन्त्री ओलीले गौतमलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गर्नुभएको थियो ।
यसअघि गत वैशाखमा पनि प्रधानमन्त्री ओलीले आफू प्रधानमन्त्री पद छोड्नु पर्ने अवस्था आएमा गौतमका लागि छोड्ने बताउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed