नेप्सेमा करिब दर्जन कम्पनीको सेयर सूचीकृत, कुनको कति कित्ता ?

0
share

काठमाडौं । यस साता नेप्सेमा नौ कम्पनीको शेयर सूचीकृत भएको छ । नेप्सेमा यस साता २ वटा नयाँ कम्पनी थपिएको छन । ग्रीन लाइफ हाइड्रोपावर कम्पनी लिमिटेड र महिला लघुवित्त वित्तीय संस्था लिमिटेड यस साता नेप्सेमा नयाँ थपिएका २ कम्पनी हुन् ।

यी २ कम्पनीसहित यस साता नेप्सेमा ९ वटा कम्पनीको सेयर सूचिकृत भएको छ ।

यस साता नेप्सेमा सूचिकृत भएको सेयर विवरण यस प्रकारको छः

ग्रीन लाइफ हाइड्रोपावर कम्पनी लिमिटेडको एक करोड ८० लाख कित्ता आईपीओ नेप्सेमा सूचीकृत भएको हो । त्यस्तै,
महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको १० लाख कित्ता आईपीओ, हिमालयन बैंक लिमिटेडको १४ प्रतिशत बोनस बापतको एक करोड ३१ लाख २१ हजार एक सय ९४ कित्ता सेयर,ग्लोबल आइएमई बैंक लिमिटेडको १४ प्रतिशत बोनस बापतको २ करोड ६५ लाख ६६ हजार २ सय ३१ दशमलव ८ कित्ता सेयर, लुम्बिनी विकास बैंक लिमिटेडको ७ प्रतिशत बोनस बापतको १९ लाख एक हजार ४ सय १८ दशमलव २१ कित्ता सेयर, नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेडको २।५ प्रतिशत बोनस बराबरको १५ हजार कित्ता सेयर, महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेड​को १ लाख २१ हजार कित्ता बोनस सेयर, नेपाल बंगलादेश बैंक लिमिटेडको ५० लाख ६९ हजार ५८२ कित्ता बोनस सेयर र २२ हजार ८२९ कित्ता हकप्रद सेयर, सेञ्चुरी कमर्शियल बैंक लिमिटेडको ६१ लाख ८९ हजार ५७९ दशमलव २६ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed