नेविसंघको सरकारलाई प्रश्न:बाच्न पाउने अधिकार सरकार निकट मान्छेको मात्र हो ?

0
nebi sag logo

काठमाडौं । नेपाल सरकारले तोकेका ४ जना अधिकृतको सिफारिसबाट मात्र आइसोलेसन र आइसियूमा कोभिड १९ का बिरामी भर्ना गर्न दिएको निर्देशनको प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले विरोध जनाएको छ।

आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै संघले स्वास्थ्य मन्त्रालय, स्वास्थ्य आपतकालीन कार्यसंचालन केन्द्रले कोभिड उपचारमा संलग्न उपत्यकाका सबै अस्पताल र नेपाल एम्बुलेन्स सर्भिसलाई पत्राचार गरी यस्तो निर्देशन दिएको भन्दै संघले विरोध जनाएको हो।
संघले यस्तो आपतकालीन अवस्थामा सरकारको यस्तो निर्णय आउनु भनेको सरकार निकटका केही व्यक्तिलाई मात्र बाच्न पाउने अधिकार छ भनेजस्तै भएको बताएको छ।
यस्तो विश्व महामारीको अवस्थामा सरकारले सबै बिरामीलाई सहज रुपमा आकस्मिक स्वास्थ्य सेवा प्रदान नगरी सरकारका केही अधिकारीको सिफारिसका आधारमा मात्र बिरामीलई आइसोलेसन तथा आइसियु बेडहरु दिने भन्नु वर्तमान सरकार निकट रहेका केही व्यक्तिहरुलाई मात्र बाच्न पाउने अधिकार छ भन्नु नै हो।’ विज्ञप्तिमा भनिएको छ ।
‘सरकारको यस्तो गतिविधि गैरलोकतान्त्रिक र नेपालको संविधानको धारा ३५ मा भएको स्वास्थ्यसम्बन्धी मौलिक हकको ठाडो उलंघन हो। त्यसकारण केपी सरकारको यस्तो तानाशाही कदमको नेपाल विद्यार्थी संघ घोर भर्त्सना गर्दछ।’ भनि अध्यक्ष राजिव ढुगांनाद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।

सरकारद्वारा आम जनताको स्वास्थ्यमाथि गरिएको खेलबाड स्वीकार्य नभएको भन्दै स्वास्थ्य उपचारमा नागरिकको सहज पहुँच स्थापित गर्न सरकारसँग माग गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed