पल्सर स्पोर्ट्स अवार्डमा भलिबलकी अरुणा शाहीले जितिन् पिपल्स च्वाइस अवार्ड

0
aruna-shahi

काठमाडौं ।नेपाल खेलकुद मञ्चले आयोजना गरेको पल्सर स्पोर्ट्स अवार्डमा पिपल्स च्वाइस विधामा महिला राष्ट्रिय भलिबल टोलीकी अरुणा शाहीले अवार्ड जितेकी छिन्।

उनले मण्डेकाजी श्रेष्ठलाई पछि पार्दै पिपल्स च्वाइस अवार्ड हात पारेकी हुन्। यो अवार्ड विधाको मनोनयनमा अरुणा शाही (भलिबल), गौरिका सिंह (पौडी), मण्डेकाजी श्रेष्ठ (कराते), साबित्रा भण्डारी साम्बा (फुटबल), सदिना श्रेष्ठ (बास्केटबल) परेका थिए।

भोटिङको आधारमा शाहीले सर्वाधिक भोट ल्याउँदै अवार्ड जितेकी हुन्। अरुणाले सर्वाधिक ३७.५२५ प्रतिशत, मण्डेकाजी श्रेष्ठले २८.४५७ प्रतिशत, सदिना श्रेष्ठले १३.४९९ प्रतिशत, गौरिका सिंहले १३.३०१ प्रतिशत र सावित्रा भण्डारीले ७।२१८ प्रतिशत मत हात पारेको आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed