पूर्वसभामुख नेम्वाङलाई प्रधानमन्त्री देउवाको प्रश्न : धारा ७६(५) किन लेख्नुभयो ?

0
sher b deuba sasad

काठमाडौं । पूर्वसभामुख तथा विपक्षि दलका उपनेता सुवासचन्द्र नेम्वाङले सर्वोच्चको अपव्याख्याबाट शेरबहादुर देउवा प्रधानमन्त्री बनेको संसदमा प्रश्न उठाएपछि त्यसको कडा जवाफ प्रधानमन्त्री देउवाले दिएका छन् ।

प्रतिनिधिसभाको शुक्रबार बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिने क्रममा प्रमुख विपक्षी नेकपा एमालेका उपनेता सुवासचन्द्र नेम्वाङले धारा ७६(५)  को गतल ढंगले व्याख्या र प्रयोग भएको भन्दै विरोध जनाएका थिए।

उनले कांग्रेस माओवादी केन्द्रले आफ्नो दललाई अनुशासनम राख्न ह्वीप लगाएको तर एमालेका हकमा ह्वीप लाग्दैन भनेर अनुशासनहिन काम गरेको भन्दै देउवामाथि खनिएका थिए।

रोष्टममा उभिएर करीब ५० मिनेट लामो भाषण गरेका नेम्वाङको प्रश्नको जवाफ प्रधानमन्त्री देउवाले भने ६ मिनेटमै कडा जवाफ फर्काए।
संविधानसभाका अध्यक्षसमेत रहेका नेम्वाङलाई प्रधानमन्त्री देउवाले धारा ७६(५) किन लेख्नुभयो भनेर प्रतिप्रश्न गरेका छन्। देउवाले भने, ‘पूर्वसभामुख ज्यू

यो संविधानमा धारा धारा ७६(५) किन लेख्नुभयो भन्ने सोध्ने वाला थिएँ, उहाँ त हिँडिसक्नुभएन।’ देउवाले नेम्वाङले नै संसद कहिल्यै विघटन हुँदैन भनेर बोलेको आफूले अझै सम्झिरहेको बताउँदै कटाक्ष गरे। ‘उहाँले यो संसद कहिल्यै पनि भंग हुँदै भनेर भनेको कुरा झलझली सम्झन्छु, प्रधानमन्त्रीले भने।

नयाँ सरकार गठका क्रममा राष्ट्रपतिले धारा ७६(५) अनुसार कुनै पनि संसद सदस्यले बहुमत पुर्‍याउन सक्छ भन्ने आह्वान गरेपछि आफूहरु गएको उनले स्मरण गरे । नेपाली कांग्रेसका सभापति देउवाले आफ्नो दलका सांसदहरुलाई फ्लोर क्रस गराउने कांग्रेस र माओवादीले ह्वीप जारी गरेको नेम्वाङको दाबीको खण्डन गरे ।

संविधान बनाउने क्रममा धारा ७६९५० किन लेखियो भनेर प्रष्ट पार्नुपर्ने पूर्व सभामुख नेम्वाङले ह्वीप लगायो भनेर आरोपित गरेको उल्लेख गर्दै देउवाले भने, पार्टी सांसदहरुलाई काठमाडौं आइदिनुस् भन्नु ह्वीप लगाएको होइन नि ।’

प्रधानमन्त्री देउवाले आफू संविधान र राष्ट्रपतिको आह्वानअनुसार नै प्रधानमन्त्री भएको दाबी गर्दै परमादेश भन्नु गलत भएको जिकिर गरे।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed