प्रकाश शाहीको एमालेका खनाललाई कटाक्ष :’बैजनाथलाई आफ्नो राजनैतिक स्वार्थ पूर्तीका लागि मात्रै प्रयोग गर्ने कि सेवा पनि गर्ने ?

0
parkash vs ghannath

कोहलपुर । २०६३ सालमा तत्कालिन चिसापानी गाविस हालको बैजनाथ गाउँपालिका वडा नं १ को सुर्यदय माविमा विद्यालय व्यवस्थापन समितिको अध्यक्षका लागि कांग्रेसबाट प्रकाश बहादुर शाही र एमालेबाट घननाथ खनाल भिडेका थिए ।

त्यतिबेला एमालेका घननाथ खनाललाई पराजित गर्दै कांग्रेसका प्रकाश बहादुर शाही बिजयी भए । इतिहास फेरी १६ बर्ष पछि दोहोरीएको छ ।

बैजनाथ गाँउपालिकाको अध्यक्षका लागि कांग्रेसबाट प्रकाश बहादुर शाही र नेकपा एमालेबाट घननाथ खनाल फेरी भिड्ने भएका छन् । शाही नेपाली कांग्रेसका महासमिति सदस्य हुन् भने खनाल नेकपा एमालेका क्षेत्र नं ३ का क्षेत्रिय अध्यक्ष हुन् ।

२०४२ सालमा बैजनाथ माध्यमिक विद्यालयमा नेविसंघबाट राजनीति सुरु गरेका शाही अहिले पार्टीको महासमिति सदस्य हुन् । क्षेत्रिय उपभापति हुदै कार्यबाहक क्षेत्रिय सभापति भएर शाहीले चलाइसकेका छन् ।

बैजनाथ गाँउपालिका वडा नं १ का स्थायी बासिन्दा रहेका शाही निरन्तर गाँउपालिकाको सेवाका लागि परेका व्यक्ति हुन् । आफु पालिकामा बसेर निरन्तर सेवा गरेको व्यक्ति भएकाले पनि आफुलाई जनताले अध्यक्षमा उठन आग्रह गरेको बताउँछन् ।

उम्मेदवार शाहीले भने, ‘एमालेका उम्मेदवार घननाथ खनाललले यस क्षेत्रलाई आफ्नो राजनैतिक स्वार्थ पूर्तीका लागि मात्रै प्रयोग गरे । स्थानिय सरकारको काम हो आफ्नै गाँउथलोमा बसेर जनताको सेवा गर्ने हाे  ।उनले यस क्षेत्रलाई प्रयोग गर्ने मात्रै गरे ।’

राजनैतिक रुपमा उनको आफ्नो पार्टीमा काम गरे पनि सामाजिक क्षेत्रमा उनको यौगदान कति पनि नरहेको जनाताले भन्ने गरेको बताए ।

आफ्नो जित्ने आधार भनेकै भेगिय हिसाबका रुपमा पनि खनालभन्दा आफू बलियो रहेको शाहीले बताए । त्यसगरी यसपटक कांग्रेसको संगठन पनि बलयिो भएकाले पनि
शाहीले पालिकालाई कृर्षिमा आत्मनिर्भर बनाउन, स्थानिय युवा तथा महिलालाई राजगारी दिने, कृषकले उत्पादन गरेको धानलाई खरिद गरी पालिकाले नै खरिद गर्ने, सरकारी विद्यालयमा अंग्रेजी र नेपाली मिडियम दुवैबाट सुरु गर्ने, पालिकामा उत्पादन भएको कृषि सामाग्रीको बजारीकरण गर्ने,योजना अघि सारेका छन् ।

बाँके क्षेत्र नं ३ का एमालेका क्षेत्रिय सभापति हुन्, घननाथ खनाल । नेकपा एमालले २०७४ मा पालिकामा बिजयी भएको थियो । सांगठनिक रुपमा बिलयाे भएकाे आधारमा  एमाललेले पालिका  जित्ने खनालको भनाइ छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed