भावी प्रधानमन्त्रीका दावेदार शेरबहादुर देउवाले भेटे ज्योतिषीलाई !

0
deuba jyotish

काठमाडौं । प्रचण्ड माधव नेपाल पक्षले प्रधानमन्त्रीबाट केपी ओलीलाई हटाएर कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको प्रस्ताव गरेसंगै भावी प्रधानमन्त्रीका दावेदारका रुपमा हेरिएका देउवाले ज्योतिषी भेटेका छन् ।

सातपटक प्रधानमन्त्री बन्ने भविष्यवाणी गरिदिएका देउवाका ज्योतिष सुरेश रिजाललाई आफ्नै निवास बुढानीलकण्ठमा भट गरेका हुन् ।

ज्योतिषी सुरेशचन्द्र रिजालले मंगलबार बिहान १० बजेतिर बूढानीलकण्ठस्थित देउवा निवासमा पुगेर भेटेको बताए ।  आफ्नो परामर्श राजनीतिक भन्दा बढी पारिवारिक भएको रिजालको भनाइ छ। देउवाले ब्यस्त सेड्युलकै बिच रिजालसँग केही बेर भलाकुसारी गरेको बताए ।

रिजालले भने, ‘यो हाम्रो नियमित पारिवारिक भेटघाट जस्तै हो। अहिले माहोल फेरिएकाले त्यहाँ भिडभाड पनि बढी थियो’ ।

यस्तो बेलामा देउवाले ज्योतिषलाई के सोधे त ?

ज्योतिष रिजाललाई देउवाले निकै चासोका साथ आगामी दिन कस्तो छरु भन्ने प्रश्न गरेका थिए।
रिजालले भने, राजनीतिक रुपमा अन्यौलपूर्ण अवस्था आएकाले नै देउवाले परामर्शका लागि रिजाललाई डाकेका हुन्। ‘उहाँले अहिले के गर्ने भन्ने विषयमा चासो दिनुभएको थियो,’ ।
देउवा रिजालको सुझाव सुनेर ‘एक्साइटेडु भएका थिए। तर, देउवालाई उनले अबको तीन महिना सावधानी अपनाउनुपर्ने  रिजालको सुझाव थियो । चैत ३१ देखि असारसम्ममा कुनै पनि महत्वपूर्ण निर्णय नलिँदा राम्रो हुन्छ।

फागुन २३ गतेका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको बैठक आह्वान गरेकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed