बहुदलीय व्यवस्था भन्दैमा सांसद बँधुवा मजदुर होइनन् :वरिष्ठ अधिवक्ता खरेल

0
sabaidhanik ijalash

काठमाडौं । वरिष्ठ अधिवक्ता शतिषकृष्ण खरेलले बहुदलीय व्यवस्थामा सांसदलाई दलले बँधुवा मजदुरलाई जस्तो नियन्त्रणमा राख्न नसक्ने बताएका छन् ।

संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमाथि आइतबार बहस गर्दै खरेलले भने, ‘बहुदलीय व्यवस्था भन्दै सांसद बँधुवा मजदुरजस्ता हुन सक्दैनन् ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक रुपमा राजीनामा नगरे पनि उनी पदमुक्त भएको खरेलको जिकिर छ । ‘शेरबहादुरले आफ्नो दावीलाई पुष्टि गरेको देखिन्छ,’ खरेलले भने, ‘धारा ७६ (५) अनुसार विश्वासको मत पाउन सकिने एउटा आधार भनेको दलका सदस्यहरुको सहमति लिएर दलको नेता जान सक्छ तर, सांसदहरुको सहमतिबिना दलको नेता राष्ट्रपतिकहाँ जान मिल्दैन ।’

ह्वीप उल्लंघन गरेर दिएको भोटको मान्यता हुँदैन भनेर विश्वका कुनै पनि संविधानले नभनेको खरेलले बताए । उनले भने, ‘ह्वीप उल्लंघन गरेर दिएको भोटले मान्यता पाएका पर्याप्त उदाहरण छन् ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed