भारतले टस जित्यो, प्लेइङ–११ मा छन् यी खेलाडी

0
INDVSENG

काठमाडौं । पाहुना टोली इंग्ल्याण्डविरुद्धको पाँच म्याचको टी–२० सिरिजअन्तर्गतको दोस्रो खेलमा भारतले टस जितर बलिङ राजेको छ।

यी दुई देशबीचको दोस्रो म्याच पनि अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट स्टेडियममा नेपाली समयअनुसार साँझ ७ः१५ बजेदेखि सुरु हुनेछ।

पहिलो खेलमा इंग्ल्याण्डसँग भारत ८ विकेटले पराजित भएको थियो। पहिलो खेलमा ब्यहोरेको लज्जास्पद हारको इंग्ल्याण्डसँग भारत बदला लिन चाहन्छ। भारत दोस्रो खेलमा उत्कृष्ट पुनरागमन गर्दै सिरिज बराबरीमा ल्याउन पनि चाहन्छ।

पहिलो खेलमा खराब प्रदर्शन गरेको भारतले दोस्रो खेलमा प्लेइङ–११ मा दुई खेलाडी परिवर्तन गरेको छ।

भारतले आज इशान किशन र सूर्यकुमार यादवलाई मौका दिएको छ। यी दुवैको यो टी–२० डेब्यू म्याच हो। भारले शिखर धवन र अक्षर पटेललाई विश्राम दिएको छ।

यता, इंग्ल्याण्डले प्लेइङ–११ मा एक खेलाडी परिवर्तन गरेको छ। उसले मार्क वुडको ठाउँमा टम करनलाई खेलाएको छ। पाँच खेलको सिरिजमा इंग्ल्याण्डले १–० ले अघि रहेको छ।

भारतको प्लेइङ–११

इशान किशन केएल राहुल, विराट कोहली (कप्तान), श्रेयस अय्यर, ऋषभ पन्त (विकेटकीपर), हार्दिक पाण्ड्या, सूर्यकुमार यादव, वाशिङ्टन सुन्दर, युजवेन्द्र चहल, भुवनेश्वर कुमार र शार्दुल ठाकुर।

इंग्ल्याण्डको सम्भावित प्लेइङ–११

जेसन रोय, डेविड मलान, जोस बटलर (विकेटकीपर), जोनी बेयरिस्टो, इयोन मोर्गन ९कप्तान०, बेन स्टोक्स, टम करन, साम करन, जोफ्रा आर्चर, क्रिस जोर्डन, र आदिल राशिद।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed