भारतसँग ‘वानडे सिरिज’ खेल्ने इंग्ल्याण्डको टिम घोषणा

0
IND-Vs-ENG55

काठमाडौं । भारतसँगको एकदिवसीय सिरिजका लागि इंग्ल्याण्डले टोली घोषणा गरेको छ। आइतबार इंग्ल्याण्ड क्रिकेट बोर्डले इयोन मोर्गनको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो।

इंग्ल्याण्डले घोषणा गरेको एकदिवसीय टिममा लियाम लिभिन्गस्टोनले पहिलो पटक मौका पाएका छन्।

लियामले अष्टेलियाको १० औँ सिजनको बिग बास लिगमा उत्कृष्ट प्रदर्शन गरेका थिए। १४ खेलमा ४ सय २६ रन बनाएका थिए।

इंग्ल्याण्ड क्रिकेट टिमका फास्ट बलर जोफ्रा आर्चर, टम करन, ब्याट्सम्यान जो रुटलगायतका खेलाडीहरु एकदिवसीय टोलीमा परेका छैन।

आर्चरको दायाँ कुहिनोमा चोट लागेका कारण वानडे श्रृंखलाबाट बाहिरिएका हुन्। उनी उपचारका लागि स्वदेश फर्किने भएका छन्।

भारत र इंग्ल्याण्डबीचको वानडे सिरिज २३ मार्चदेखि सुरु हुनेछ। दोस्रो म्याच २६ र तेस्रो तथा अन्तिम वानडे म्याच २८ तारिकमा हुनेछ। टेष्ट र टी–२० सिरिजपछि यी दुई देश वानडे सिरिज खेल्न लागेका हुन्।

वानडे सिरिजका लागि भारतले यसअघि नै आफ्नो टोली घोषणा गरिसकेको छ। टेष्ट र टी–२० सिरिज भारतले जितेको थियो।

इंग्ल्याण्डको वानडे टिमः इयोन मोर्गन (कप्तान), लियाम लिभिन्गस्टोन, मोइन अली, जेसन रोय, जोनी बेयरस्टो, बेन स्टोक्स, साम बिलिङ्स, जोस बटलर, म्याट पार्किन्सन, आदिल रशिद, रीस टोपली, टम कुरान, मार्क वुड र साम करन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed