भारतीय पक्षको दाबी- दार्चुलामा तुइनबाट युवक खसेको घटनामा एसएसबीको संलग्नता छैन !

0
tuin-mahakali

धनगढी । दार्चुलाको ब्यास गाउँपालिका–२ स्थित मालघाटबाट ३३ वर्षीय जयसिंह धामी महाकालीमा खसेर बेपत्ता भएको घटनामा भारतले आफ्ना सुरक्षाकर्मीको संलग्नता अस्वीकार गरेको छ ।

भारतीय पक्षले दार्चुलामा तुइनबाट युवक खसेको घटनामा भारतीय सीमा सुरक्षा बल (एसएसबी)को संलग्नता नरहेको दाबी गरेको छ।

भारतको पिथौरागढका जिल्ला अधिकारी आनन्द स्वरुपले शनिबार जिल्ला प्रशाशन कार्यालय दार्चुलालाई जवाफ दिँदै यस्तो दाबी गरेका हुन्।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले शुक्रबार भारतीय समकक्षीलाई घटनाबारे बुझी जानकारी दिन पत्र पठाएका थिए। ‘उहाँलाई हिजो चिठी पठाइएको थियो। त्यसको जवाफमा आफ्नो सुरक्षाकर्मीले त्यस्तो नगरेको भनिएको छ। युवकले तरिसकेपछि तुइन फर्काउने क्रममा तारमा आफू पनि लटपटिएर खसेको पत्रमा भनिएको छ,’ उनले भने।

नेपाली पक्षका स्थानीय र भारतीय अधिकारीको जवाफ नमिलेपछि प्रत्यक्षदर्शी र घटनास्थलको अनुसन्धानका लागि टोली खटिएको र थप अनुसन्धान भइरहेको प्रमुख जिल्ला अधिकारी जोशीले बताए।

खलंगा आउने क्रममा व्याँस गाउँपालिका-२ मालका ३३ वर्षीय धामी तुइनबाट तर्दै गर्दा शुक्रबार महाकाली नदीमा खसेर बेपत्ता छन्। उनको अवस्था अज्ञात छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed