महान्यायाधिवक्ता अग्नि खरेलको राजीनामाको हल्ला कसले फैलायो  ?

0
collage (19)

काठमाडौं । महान्यायाधिवक्ता अग्नि प्रसाद खरेलले आफूले राजीनामा दिने कुनै सोच नबनाएको बताएका छन् ।

केही अनलाइन मिडियाहरुमा मंगलबार बिहान खरेलले राजीनामा दिएको समाचार प्रकाशित भएपछि खरेलले विज्ञप्ति जारी गर्दै आफूले राजीनामा नदिएको जानकारी दिएका हुन् ।

विज्ञप्तिमा खरेलले राजीनामा दिने सोच नबनाएको, राजीनामा दिनुपर्ने कुनै परिस्थिति पनि नरहेको र नियमित रुपमा कार्यालयमा उपस्थित भइ कामकाज गरिरहेको उल्लेख गरेका छन् ।

उनले आफूविरुद्ध षडयन्त्र गर्नेहरुले राजीनामा दिएको गलत हल्ला फैलाएको आरोप लगाए । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पक्षको बचाउ व्यवस्थित ढङले सर्वोच्च अदालतमा राम्ररी नसकेको भन्दै झपारेपछि खरेलले पदबाट राजीनामा दिएको खबर मिडियामा सार्वजनिक भएको थियो।

सामाजिक सञ्‍जाल तथा केही सञ्‍चारमाध्यमले प्रतिनिधिसभा विघटनको मुद्दाको फैसलाको सँघारमा महान्यायाधिवक्ता खरेलले राजीनामा गरेको भनेर भ्रामक प्रचार गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed