मेन्छियाम हाइड्रोपावरको आईपीओ खुल्यो

0
Rebika-3

काठमाडौं । मेन्छियाम हाइड्रोपावर लिमिटेडले ४ वैशाख सोमबारदेखि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कानस (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आईपीओ निष्कासन गरी बाँडफाँट पश्चात सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी ५४ करोड २५ लाख ८३ हजार ३०० रुपैयाँको ३० प्रतिशतले हुने आउने १६ करोड २७ लाख ७५ हजार रुपैयाँ बराबरको १६ लाख २७ हजार ७५० कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमति पाएको थियो ।

जसमध्ये जारी पूँजीको १० प्रतिशत अर्थात ५ करोड ४२ लाख ५८ हजार ३०० रुपैयाँ बराबरको ५ लाख ४२ हजार ५८३ कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्कासन खुला गरेको थियो । जसमा रित पूर्वक आवेदन प्राप्त ५ लाख ५ हजार ७८० कित्ता सेयर मात्रै वितरण भएको छ।

यस्तै सर्वसाधारणका लागि छुट्याएको जारी पूँजीको २० प्रतिशत अर्थात १० करोड ८५ लाख १६ हजार ७०० रुपैयाँ बराबरको १० लाख ८५ हजार १६७ कित्ता सेयर १० प्रतिशत मध्ये वैदेशिक रोजगारीमाा रहेका नेपालीका लागि निष्कासन गरिसकेको छ । सर्वसाधारण्लाई छुट्याएको सेयर मध्ये १ करोड ८ लाख ५१ हजार ७०० रुपैयाँ बराबरको १ लाख ८ हजार ५१७ कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्कासन गरी बाँडफाँट गरेको हो ।

यस्तै २ प्रतिशत अर्थात २२ हजार ४३९ कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ५६ हजार ९९ कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरिएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई निष्कासन गरेर बाँकी रहेको समेत ९ लाख ३४ हजार ९१५ कित्ता सेयरका लागि सर्वसाधारणबाट आवेदन माग गरेको हो ।

कम्पनीको आईपीओमा छिटोमा ७ वैशाखसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा भने आवेदन दिन अवधि १९ वैशाखसम्म थप हुनेछ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ता समम सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले ‘केयर एनपी डबल बी इस्यूअर रेटिङ’ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ ।

कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट सि–आस्वा सदस्य प्राप्त गरेका बैंक तथा वित्तीय संस्थाहरु र सीडीएस एण्ड क्लियरिङ लिमिटेडको ‘मेरो सेयर’ प्रणाली मार्फत आवेदन दिने सकिनेछ ।

कम्पनीले संखुवासभामा ४.७२ मेगावाटको माथिल्लो पिलुवा खोला २ जलविद्युत आयोजना निमार्ण गरिरहेको छ । कुल अनुमानित लागत १ अर्ब ३१ करोड ९० लाख ७० हजार ४०८ रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २७ करोड ९४ लाख ६४ हजार ६९ रुपैयाँ रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed