रघुजी पन्त विरुद्ध कोमल वलीद्वारा गाली बेइज्जतीको मुद्दा दायर

0
komal-oli-court-kathmandu-1

काठमाडौं । राष्ट्रियसभा सांसद कोमल वलीले नेता रघुजी पन्तविरुद्ध मुद्दा दर्ता गरेकी छिन्।

सांसद वलीले आज काठमाडौं जिल्ला अदालत पुगेर गाली बेइज्जती मुद्दा दर्ता गरेकी हुन्। उनले मुलुकी अपराध संहिता २०७४ को दफा ३०५,३०६,३०७ को आधारमा आफूलाई अन्याय परेको भन्दै मुद्दा दर्ता गराएकी हुन्।

केही साता अघि एक कार्यक्रममा नेता पन्तले नेकपामा कैयौं वर्ष संघर्ष र बलिदान दिएका महिलाहरु हुँदा पनि तिनले कुनै पद नपाएको तर कोमल वलीले भने तुरुन्तै पद पाएको बताएका भन्दै आलोचना गरेका थिए।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र ओली समूह र प्रचण्ड(माधव नेपाल समूहबिच चर्को द्वन्द्व हुँदा पन्तले यस्तो अभिव्यक्ति दिएका थिए।

पन्तले फागुन १५ गते एक कार्यक्रममा ‘हाम्रो पार्टीमा २० औं वर्षदेखि विवाह नै नगरी महिलाहरु लागेका छन्, केपीको पार्टीमा पनि त्यस्ता महिला छन् । तर तिनले टिकट पनि पाएनन् । कोमल वलीले यसो सारी सरक्क सर्काएर गोडा, पिडौँला देखाएर पोइल जान पाम भनेपछि सांसद त तिनै भइन्’ भनेका थिए ।

‘राजनीतिमा प्रोपोगाण्डा फैलाउने कुत्सित उद्देश्य बोकी विपक्षीले जानी जानी मलाई प्रतिनिधिपात्र बनाइ समग्र महिलाप्रति नै अपमान हुनेगरी अभिव्यक्ति दिनु भनेको महिलाविरुद्धको जघन्य हिंसा हो,’ वलीले आफ्नो उजुरीमा भनेकी छन् ।

वलीले अदातमा पेस गरेको मुद्दामा दावी पुरा भए विस हजार रुपैयाँ र दुई बर्ष कैद सजाय वा दुबै हुन सक्ने व्यवस्था रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed