लुम्बिनीमा कांग्रेसका पाण्डेय राष्ट्रिय सभा सदस्य निर्वाचित

0
pandey

बुटवल । लुम्बिनी प्रदेशमा आज भएको राष्ट्रिय सभा उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार दृगनारायण पाण्डेय विजयी भएका छन्।

उनले नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई ५२८ मतभारले हराएका हुन्। पाण्डेयले ४१४० मत ल्याए भने खड्काले ३६१२ मत पाए।

कांग्रेस उम्मेदवार पाण्डेयलाई नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह र जसपाको बाबुराम-उपेन्द्र पक्ष र राष्ट्रिय जनमोर्चाको समर्थन थियो।

आजको मतदानमा २९७ जनाले मतदान गरेका थिए। त्यसमध्ये स्थानीय तहतर्फ खसेको २१२ मध्ये पाण्डेयले ११८ मत पाए भने एमालेका उम्मेदवार खड्काले ९४ मत ल्याए।

प्रदेश सभाका ८३ मतमध्ये पनि एक मत बदर भएको थियो। पाण्डेले ४२ मत पाएका थिए भने खड्काले ४० मत ल्याएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed