वडाअध्यक्षका उम्मेदवार भुपाल पुन भन्छन्,’तलबभत्ता खान होइन्,जनताको सेवा गर्न आउनेछु’

0
magar final

कोहलपुर । नेपाली काङ्ग्रेसबाट बैजनाथ गाँउपालिका वडा नं ६ का वडाअध्यक्षका उम्मेदवार भुपाल पुन मगरले निर्वाचित भएमा तलब सुबिधा नलिने घोषणा गरेका छन् ।
चुनावी  घर दैलो कार्यक्रममा वडाअध्यक्ष पदका उम्मेदवार पुनले आफु तलब खानाको लागि नभई जनताको सेवामा समर्पित हुन वडाअध्यक्षमा उठेको बताए ।

उनी भन्छन् ‘सरकारले जेजति पारिश्रमिक उपलब्ध गराएको छ त्यो सबै रकम विपन्न, असाहय वर्गको क्षेत्रमा खर्च गर्ने प्रण गरेको छु।’ निर्वाचनका बेला जनतासँग गरेका बाचालाई आफुले आत्मसाथ गरेर काम गर्ने पुनले बताए।

पुन भन्छन्, ‘जनप्रतिनिधी कर्मचारी होईन। स्थानीय माग र आवश्यकता अनुसारका क्रियाकलाप गर्ने हो। तलब तथा सेवा सुविधा लिएर दैनिक हाजिर गरेर १० देखी ४ बजेसम्ममात्र काम गर्ने होईन।’ ‘नेता हुँदा बाँड्ने आश्वासन जनप्रतिनिधि बनेपछि धेरैले बिर्सने गर्छन्। आफु र आफ्नाहरुलाई हेर्छन् तर आफुले उदाहरणीय काम गरेर देखाउनेछु ।’

उनले आफूले भोट माग्दा जनतासमक्ष जाँदा गरेको वाचा अनुसार प्रायः आफ्नै निजी गाडी चढ्ने बताएका छन्।

उनी भन्छन्, ‘जनताले मत लिएर समाज सेवा गर्छु भनेर वडाअध्यक्षमा उठेको छु । यसमा तलब लिनु राम्रो होईन भन्ने लाग्यो। मेरो तलब वापतको रकम यसै वडाका गरिब तथा असहायका लागि म खर्च गर्छु।’

जनताले चुनेका जनप्रतिनिधिले जनताकै हितमा काम गरुन् भन्ने चाहाना सबैको हुन्छ। स्थानीय वडामा भएका अति बिपन्न र गरिब जेहेन्दार बिद्यार्थिहरुको शिक्षामा लगाउने बताउनु बताए ।

उनले आफ्नो पाँच वर्षको कार्यकालमा गाउँपालिकालाई आर्थिक रुपमा सवल र आत्मनिर्भर बनाई रोजगारका लागि विदेशिने युवाहरूलाई गाउँपालिकामै रोजगार सिर्जना गर्ने योजना साथ अगाडि बढेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed