विद्यार्थी राजनितिमा उदाएका मल्ल बाँके क्षेत्र नं ३(ख) प्रदेशसभा सह-सचिवमा निर्वाचित

0
259632546_370911248144743_6540436721131360194_n

नेपालगन्ज । कांग्रेसको जग मानिने नेपाल विद्यार्थी संघबाट राजनितिमा उदाएका खजुराका विवेक प्रताप मल्ल हालै सम्पन्न प्रतिनिधिसभा क्षेत्र ३ को (ख) बाट प्रदेश सह-सचिवमा निर्वाचित भएका छन् ।

वडा तहदेखि नै विभिन्न पदमा उम्मेदवार बन्दै लामो समयदेखि पार्टी राजनीतिमा सक्रिय मल्ल अगुवा नेताहरुलाई पछि पार्दै पार्टीको नेतृत्वमा पुगेका हुन् ।

कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघमा सक्रिय रहेका  मल्ल १४ औं महाधिवेशनका लागि पार्टी राजनीतितर्फ मोडिएका थिए । नेविसंघमा लामो समयदेखि महाधिवेशन भएको छैन। नेविसंघमा नेतृत्व लिनबाट बञ्चित भएकाहरू सिधै पार्टी राजनीतिमा लाग्दा युवाको संख्या बढ्दो देखिएको छ।

२०७० सालबाट नेवीसंघको इकाइ सभापतिबाट राजनीतिक यात्रा सुरु गरेका मल्ल २०७० मै नेविसंघको निर्वाचित जिल्ला सदस्य हुन् ।२०७५ मा लुम्बनी प्रदेशको नेवि संघ प्रदेश सदस्य भएका थिए ।

युवा पुस्तालाई कांग्रेसको राजनीतिमा लाग्न हौसला दिने मल्लले क्षेत्रिय प्रतिनिधिमा धेरै युवाहरु आएकाले संक्षम र युवा नेतृत्वलाई पार्टीको जिम्मेवार पदमा जिताउनुपर्ने मल्लले बताएका छन् ।

मल्लले भने, ‘म पहिले नेविसंघको राजनीति गर्थे। अहिले पार्टी राजनीतिमा छु। प्रदेशको सह-सचिवमा निर्वाचित भएपछि मेरो जिम्मेवारी र भूमिका झन् बढ्नेछ। मैले अब क्षेत्रभर नै काम गर्नुपर्नेछ । मल्लले भने अहिले पनि म राजनीति र समाजसेवामा छु,त्यसैले मलाई सजिलो नै हुनेछ।’

उनले पार्टीमा नेतृत्व हस्तान्तरण भने सहज नरहेको बताए । ‘पार्टीभित्रको गुटले गर्दा भागभण्डामा पर्दा युवालाई नेतृत्व लिन त्यति सहज छैन् । पार्टीमा युवाको बढ्दो लहर देखिएको भए पनि अझै पनि नेतृत्वमा पुग्न मुस्किल भएको मल्लको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed