सत्तारुढ दल नेपाली कांग्रेसले प्रधानमन्त्री कार्यालय बालुवाटारमा पार्टीका बैठक नगर्ने !

0
202068855_362960751838939_5933928998221315465_n

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारी निवास बालुवाटारमा पार्टीका बैठक नराख्ने निर्णय गरेका छन् ।

गत शुक्रबार र शनिबार पदाधिकारी बैठक राखेपछि पार्टीभित्रैबाट पनि आलोचना खेपेका देउवाले पदाधिकारी बैठक अबदेखि पार्टी कार्यालय सानेपा वा सभापतिको निजी निवास बूढानिलकण्ठमा गर्ने बताएका छन्।

सोहीअनुसार शुक्रबार सभापति देउवाकै निजी निवास बुढानिलकण्ठमा पार्टी पदाधिकारी बैठक बोलाइएको महामन्त्री पूर्णबहादुर खड्काले बताए।

महामन्त्री खड्काले भने, विगतको गलत परम्परालाई तोड्दै अबदेखि कांग्रेसको औपचारिक बैठकहरू प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नगरिने भएको बताए । सोही निर्णयको कार्यान्वयनको प्रारम्भ भोलि साउन ८ मा पार्टी पदाधिकारी बैठक र पूर्वपदाधिकारी बैठक बुढानिलकण्ठमा बस्दैछ,’ ।

कांग्रेसले १४ औं महाधिवेशन एक हप्ता वा १० सार्ने कि नसार्ने भन्ने विषयमा अनौपचारिक सहमति भए केन्द्रीय पदाधिकारी वैठकले टुगंयाउन बाँकी रहेको छ । साउन १२ गते वडा अधिवेशन गर्ने भने पनि अहिलेसम्म क्रियाशीलको टुंगो लागेको छैन। पार्टी कार्यालयमा विभिन्न जिल्लाका नेता तथा कार्यकर्ताले धर्नामा तथा अनशनमा बसेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed