सबैभन्दा धेरै टी–२० उपाधि जित्ने यी हुन् खेलाडी ?

0
Pollard-scaled

काठमाडौं । टी–२० क्रिकेट सुरु भएदेखि यस ढाँचाले विश्वभर हलचल मचायो। चाहे दर्शक वा खेलाडी, सबैजनाले यो ढाँचा मन पराउँछन्।

दर्शकहरूले यस ढाँचामा धेरै चौकारछक्का प्रहार भएको हेर्न रुचाउँछन्। यस ढाँचामा धेरै खेलाडीहरूले टी–२० क्रिकेट लिगमा खेलेका छन्।

अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका खेलाडीहरूले पनि टी–२० लिगमा खेलिरहेका छन्। टी–२० क्रिकेटको सबैभन्दा महान ब्याट्सम्यानको रूपमा क्रिस गेल हुन्।

गेल, किरोन पोलार्ड, ड्वेन ब्रावो, शोएब मलिक, ब्रान्डन म्याकुलम यी सबै खेलाडीहरू यस ढाँचाका विशेषज्ञ मानिन्छन्। यीमध्ये केही खेलाडीहरू यस्ता छन्। जसले टी–२० ढाँचामा धेरै पटक ट्रफी जित्न सफल भएका छन्।

आज हामी तीन खेलाडीहरूको बारेमा चर्चा गर्दैछौँ। जसले यस ढाँचामा सबैभन्दा धेरै उपाधि जितेका छन्।

शोएब मलिक, पाकिस्तानका शोएब मलिक टी–२० क्रिकेटका एक विशेषज्ञ खेलाडी मानिन्छ। मलिक पाकिस्तानका पूर्व कप्तानसमेत हुन्।

उनको कप्तानीमा पाकिस्तान पहिलो टी–२० विश्वकपमा फाइनलमा पुगेको थियो। ट्रफी जित्ने सन्दर्भमा मलिक तेस्रो सबैभन्दा सफल खेलाडी हुन्।

मलिकले आफ्नो क्रिकेट क्यारियरमा अहिलेसम्म ११ पटक टी–२० उपाधि जितेका छन्।

ड्वेन ब्रावो, यस सूचीमा वेष्टइण्डिजका अलराउण्डर ड्वेन ब्रावो दोस्रो स्थानमा छन्। उनले टी–२० क्रिकेट लिगमा विश्वभर आफ्नो छाप छोडेको छ।

आफ्नो अलराउण्डर क्षमताका साथ ब्रावोले विश्वभर खेलेका टी–२० लिगमा उत्कृष्ट प्रदर्शन गर्दै आइरहेका छन्।

ब्रावोले टी–२० ढाँचामा १४ उपाधि जितेका छन्। ब्रावो आफ्नो अन्तर्राष्ट्रिय करियरमा दुई पटक टी–२० वर्ल्ड कप जितेका थोरै खिलाडी मध्ये एक हुन्।

यस बाहेक ब्रावोले आइपीएलमा चेन्नई सुपर किंग्सबाट २०१० र २०११ मा आईपीएलको उपाधि पनि जितेका थिए।

किरोन पोलार्ड, यस सूचीको शीर्ष स्थानमा वेष्टइण्डिजका अर्का अलराउण्डर किरोन पोलार्डको नाम आउँछ। पोलार्डले पनि धेरै टी–२० क्रिकेट लिगमा खेलेका छन्।

उनको नाममा १५ टी–२० उपाधि छ। मुम्बई इन्डियन्सले पाँचौं आईपीएल ट्राफी जितेको छ। र, उनी सोही टिममा छन्।

पोलार्डले आफ्नो करियरमा अहिलेसम्म ५ पटक आईपीएल ट्रफी जितेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed