सर्वोच्चले स्टे अर्डर नदिँदा चुप बस्न बाध्य भयौँ: शेरबहादुर देउवा

0
sher b deuba final

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले ‘स्टे अर्डर’ नदिदा चुप बस्न बाध्य भएको बताएका छन् ।

महेन्द्रनारायण निधि प्रतिष्ठानले काठमाडौंमा गरेको कार्यक्रममा देउवाले भने, “प्रतिनिधिसभा विघटन भयो । हामीले उही दिन बैठक बसेर यो कदम असंवैधानिक र अलोकतान्त्रिक हो भन्यौँ,” देउवाले भने, “त्यसपछि अदालतमा रिट पर्‍यो । विघटन संविधानमा नभएको व्यवस्था भएकाले सर्वोच्चले स्टे अर्डर जारी गर्ला भन्ने अपेक्षा थियो । सर्वोच्चले स्टेअर्डर जारी गरेन, जे पनि हुन सक्छ भनेर हामी चुप बस्न बाध्य भयौँ।”

उनले सर्वोच्चको आदेश नमान्ने आफ्नै मान्ने भने भोलि आउने आदेशका कारण थप संकट आउने भएकाले पनि चुप बस्न बाध्य भएको बताए ।

‘भोट नदिनेहरुलाई नै अहिले सबैभन्दा धेरै कांग्रेस चाहिया छ’ 

यस्तै कांग्रेसलाई भोट नदिनेहरुलाई नै अहिले सबैभन्दा धेरै कांग्रेस चाहिएको सभापति देउवाले टिप्पणी गरेका छन् । “कांग्रेसलाई भोट नदिनेहरुलाई यतिबेला सबैभन्दा बढी कांग्रेस चाहिएको छ, कांग्रेस किन बोल्दैन ? कांग्रेस किन आन्दोलन सशक्त बनाउँदैन ? कांग्रेसले के गर्छ ? जस्तो प्रश्न उहाँहरु हामीलाई गरिरहनुुभएको छ ।”

“हामीलाई त आफैँ संसद्को बैठक बोलाउनेसमेत संख्या थिएन, प्रधानमन्त्रीले छ महिनासम्म संसद् नबोलाएपछि संसद् बैठक बोलाउनका लागि पनि मधेस केन्द्रित दलसँग छलफल गरेको थिएँ,” देउवाले संसद्मा जनताले दिएको जनमतप्रति संकेत गर्दै भने, “संसदमा केही गरेन, सडकमा केही गरेन भनेर नागरिकले प्रश्न गर्नुभयो । कांग्रेस आवश्यक पार्टी रहेछ भनेर ठान्दिनुभयो म उहाँहरुलाई धन्यवाद दिन चाहन्छु ।”

कांग्रेसले भोट नपाएका कारण देश संकटमा फसेको र संकटका समयमा भने नागरिक समाजसहित विभिन्न तप्काले कांग्रेसलाई सम्झिएको बताएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed