सवारी लाइसेन्सको सबै आवेदन रद्द, अब नयाँ भर्नुपर्ने

0
yatayat_licence_i5iLpZaS6G

काठमाडौं । यातायात व्यवस्था विभागले नयाँ सवारी चालक अनुमति पत्र लिन लागि अहिलेसम्म दिएको सबै अनलाइन आवेदन रद्द गरेको छ ।
विभागले सोमवार सूचना प्रकाशन गरेर यसअघिको सबै आवेदन रद्द गरेको बताएको हो ।

अब सवारी चालक अनुमति पत्र लिनका लागि नयाँ आवेदन फारम भर्नुपर्ने भएको छ ।

विभागले प्रकाशन गरेको सूचनामा भनिएको छ, ‘सवारी चालक अनुमति पत्र (नयाँ तथा वर्ग थप) गर्नका लागि हालसम्म परेको अनलाइन आवेदनहरू आजदेखि रद्द गरी जेठ १६ गते सोमवार बेलुका ६ बजेदेखि सवारी चालक अनुमति पत्रको नयाँ अनलाइन आवेदन प्रणाली शुरू हुने भएकाले नयाँ सवारी चालक अनुमतिपत्र प्राप्त गर्नको लागि नयाँ आवेदन फारम भर्नुहुनका लागि अनलाइनमार्फत अनुरोध गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed