सिभिल अस्पतालका डाक्टर, नर्सको प्रश्न : सरकारले तोकेको न्यूनतम् तलब दिन के ले रोक्यो ?

0
hospital

काठमाडौं । सिभिल अस्पताल मिनभवनका का डाक्टर, नर्स लगायत अन्य कर्मचारी सरकारी कर्मचारीसरह तलब, सुविधा माग गर्दै आन्दोलन सुरू गरेका छन्।

अस्पतालमा कार्यरत् कर्मचारीहरूको संगठन ‘निजामती अस्पताल कर्मचारी संघ’ले कर्मचारीले पाउने तलब, सेवा सुविधा, बिमालगायत सरकारले तोकेअनुसार नभएको भन्दै आइतबारदेखि आन्दोलन सुरू गरेको हो। कर्मचारीहरूले विभिन्न माग लेखिएका ब्यानरसहित अस्पताल अगाडि उभिएर आन्दोलन गरेका हुन्।माग पूरा नहुँदासम्म हातमा कालोपट्टि लगाएर काम गरिने कर्मचारी संघका अध्यक्ष सन्तोष धिमालले बताउनुभएको छ ।

उहाँले नेपाल सरकारले तोकेको न्यूनतम् सेवा सुविधा कायम गर्नुपर्ने, कर्मचारीको सेवा सुविधामा एकरुपता कायम गर्नुपर्ने, विनियमावली लागू गर्नुपर्ने, लोकसेवा आयोगको उपस्थितिमा सञ्चालित परीक्षाबाट सिफारिस भएका करार कर्मचारीलाई स्थायी गर्नुपर्ने, अस्पतालको बेथिति तथा आर्थिक चुहावटको अन्त्य र दैनिक ज्यालादारीलाई उचित व्यवस्थापन गर्नुपर्ने लगायतका माग राखेका छन् ।

यस्तै, अस्पतालको विकास समिति बोर्डमा कर्मचारी संघको प्रतिनिधि हुनुपर्ने, अस्पतालमा कार्यरत् कर्मचारी र तिनका परिवारको उपचारमा शतप्रतिशत छुट हुनुपर्ने, सुत्केरी बिदा अघिपछि गरी ९८ दिन हुनुपर्ने र सुत्केरी स्याहार बिदा १५ दिन दिनुपर्ने, अस्पतालमा सञ्चालित अतिरिक्त स्वास्थ्य सेवालाई अझ गुणस्तरीय बनाउनुपर्ने लगायतका मागसमेत कर्मचारीहरूले राखेका छन्। प्रदर्शनमा कर्मचारी संघ आन्दोलनमा नर्स, ल्याबमा काम गर्ने कर्मचारी, अन्य कर्मचारीहरूको उपस्थिति थियो।

उनीहरूले ‘काम नगर्नेलाई कारबाही र राम्रो काम गर्नेलाई प्रोत्साहन गर्न कसले रोक्योरु’, ‘सरकारी संस्थामा काम गर्ने कर्मचारीलाई सरकारले तोकेको न्यूनतम् तलब दिन के ले रोक्योरु’, ‘गल्ती गर्ने कर्मचारीलाई संरक्षण किन र कहिलेसम्म रु’, ‘कर्मचारीलाई ज्यालादारीमा कहिलेसम्म काममा लगाउनेरु’, ‘मेरो कार्य मूल्याङ्कन कहिलेरु’, ‘१२ वर्षदेखि एउटै तह, स्तरोन्नति कहिले हुन्छरु’ लेखिएका ब्यानरहरू लिएर अस्पताल अगाडि उभिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed