स्थानीय तहको चुनाव चैत ५ गते अगावै गर्न निर्वाचन आयोगको सरकारलाई सुझाव

0
nirwachan ayog

काठमाडौँ । निर्वाचन आयोगले विभिन्न तहको चुनावबारे सरकारसँग छलफल गरेको छ।

आयोजका पदाधिकारीहरुले सोमबार बालुवाटार पुगेर प्रधानमन्त्री तथा चुनावसँग सरोकार राख्ने मन्त्रीहरुसँग छलफल गरेका हुन्।

निर्वाचन आयोगका सहसविच यज्ञप्रसाद भट्टराईका अनुसार प्रधानमन्त्रीसँग आयोगले राष्ट्रियसभाको एक तिहाइ सदस्यको चुनाव, प्रतिनिधिसभा एवं प्रदेशसभाको उपनिर्वाचन र स्थानीय तहको चुनावबारे छलफल गरेको हो।

राष्ट्रियसभाका एक तिहाइ अर्थात् १९ जना सांसदको कार्यकाल आउँदो फागुन २१ बाट सकिने हुँदा उक्त स्थानमा ३५ दिन अगावै चुनाव गर्नेपर्ने र त्यसका लागि मिति घोषणा गरिदिन आयोगले आग्रह गरेको छ।

आयोगले माघ पहिलो साता राष्ट्रियसभाको चुनाव गर्नु उपयुक्त हुने सुझावसमेत सरकार समक्ष राखेको छ। राष्ट्रियसभाको चुनावमा स्थानीय तहका पदाधिकारी एवं प्रदेशसभा सदस्य मतदाता रहने कानुनी व्यवस्था छ।

त्यस्तै आयोगले प्रतिनिधिसभाका रिक्त ४ र प्रदेश सभामा रिक्त १८ सांसदको उपचुनावबारे पनि सरकारको ध्यानाकर्षण गराएको छ। कार्यकाल सकिन ६ महिना भन्दा बढी समय बाँकी रहेको अवस्था उपचुनाव गर्नुपर्ने हुन्छ।

आयोगले आउँदो स्थानीय तहको चुनावबारे पनि सरकारसँग कुराकानी गरेको छ। कार्यकाल सकिनुभन्दा दुई महिना अगावै स्थानीय तहको चुनाव गर्नेपर्ने व्यवस्था भएकाले आयोगले चैत ५ गतेभित्र चुनाव गर्नुपर्ने डेटलाइन रहेको जानकारी गराएको छ।

२०७४ साल वैशाख ३१ गतदेखि चरणबद्ध रुपमा भएको स्थानीय तहको चुनाव भएकाले अब त्यसको दुई महिना अघि नै चुनाव गर्नुपर्ने बाध्यता आयोग र सरकारलाई छ। आयोगको परार्मशमा सरकारले चुनावका मिति तोक्ने व्यवस्था छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed