होल्डिङ सेन्टरमा रहेकालाई सार्वजनिक सवारी प्रयोग नगरी सरकारले विचौलिया पोस्यो:व्यवसायी

0
yatayat bewasayi

काठमाडौं । यातायात व्यवसायीहरुले विदेशबाट आएकालाई जिल्लासम्म पुर्याउन सार्वजनिक सवारी सधानको प्रयोग नगरी दुईचारजना विचौलिया पोस्ने काम गरेको भन्दै विरोध जनाएका छन् ।

विदेशबाट आएका नेपालीलाई होल्डिङ सेन्टरबाट जिल्ला सम्म पुर्याउन सस्तो भाडा दर प्रस्ताव गरेपनि सरकारले बेवास्ता गरेको यातायात व्यवसायीको गुनासो छ ।
कोरोना भाइरसको महामारी नियन्त्रण तथा रोकथामका लागि सरकारले लगातार लकडाउन रत्यसपछि निषेधाज्ञा लागु गर्दा आफुहरुको रोजीरोटी नै खोसिएको भन्दै यातायात व्यवसायीले यातायात विभाग प्रदर्शन गरेका हुन् । सार्वजनिक यातायात सेवा रोकिँदा निजिक्षेत्रले गरेको लगानी डुबेकोे र विदेशबाट आएका नेपालीहरुलाई गन्तव्यसम्म पुर्याउनने कार्यमा सामेल नगरिएको भन्दै करिव डेढ सय व्यवसायीले धर्ना दिएका छन् ।

विदेशबाट आएका नेपालीहरुलाई गन्तव्यसम्म आफुहहरुले न्युनतम भाडामा लैजान सक्ने भए पनि सरकारले विचौलिया खडा गरेर ठग्ने नियत अनुसार सार्वजनिक यातायातलाई प्रयोग नगरेको उनीहरुले आरोप लगाएका छन्। तर कोभिड १९ नियन्त्रणका लागि सरकारले उपप्रधानमन्न्त्री स्तरिय सीसीएमसी ले माफियाहरुको प्रभावमा यात्रुहरुलाई महँगो भाडादर तिर्न बाध्य पारेको सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालका वरिष्ठ उपाध्यक्ष किरणकुमार रिजालले बताउनुभयो ।

यता सरकारी लगानी नरहेको निजि क्षेत्रको मात्रै लगानी भएकोले सरकारले यातायात क्षेत्रका लागि कुनै प्याकेज ल्याउन नसकेको यातायात व्यवसायीको छाता संगठनको भनाइ छ। सरकारले कोमामा पुगेको यातायात क्षेत्रका लागि केही व्यवस्था नगरे बसको तालाचावी सरकारले बुझाउन बाध्य हुने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासंघका वरिष्ठ उपाध्यक्ष विजय स्वाँरको भनाइ छ ।

होल्डिङ सेन्टरमा रहेका यात्रुहरुलाई सम्बन्धित स्थानमा पुर्याउनका लागि सम्बन्धित प्रदेशको यातायात प्रालिलाई जिम्मा दिनुपर्नेलगायत माग राख्दै व्यवसायीले ज्ञापनपत्र विभागलाई बुझाएका छन् । आफूहरुका माग पूरा नभए कडा आन्दोलनका कार्यक्रम अघि सार्ने उनीहरुले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed