नेकपाको सचिवालय संवैधनिक परिषद् होइन् :कांग्रेस

0
nepali-congress_kr8DAxp4SF

काठमाडौं ।नेकपा नेतृत्वको सरकारले संवैधानिक परिषदको गरिमालाई निरन्तर अवमूल्यन गर्दै आएको भन्दै कांग्रेसले विरोध जनाएको छ।

संवैधानिक परिषद एवं संवैधानिक नियुक्तिका सम्बन्धमा संविधानले ब्यवस्था गरेको प्रबन्ध र पद्धति भन्दा बाहिर गएर कार्य नगर्न उसले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपीशर्मा ओलीसमक्ष आग्रह गरेको छ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बिहिबार एक विज्ञप्ति जारी गर्दै नेकपाले सचिवालय बैठकमा संवैधानिक नियुक्तिको विषयलाई उठाउनु परिषदकै औचित्य समाप्त पार्ने षडयन्त्र भएको बताउनुभएको छ ।

‘संवैधानिक निकायहरूको गठनमा लामो समय ढिलाइ गरियो, अध्यादेश मार्फत संवैधानिक परिषदकै औचित्य समाप्त पार्ने असफल षड्यन्त्र पनि यस बीचमा गरियो’ विज्ञप्तिमा भनिएको छ ‘नेकपा सचिवालयको पछिल्लो बैठकले संवैधानिक नियुक्तिहरु गर्ने विषयमा जुन रूपमा आफूलाई संलग्न गरायो त्यसबाट यसको बचेको गरिमालाई अन्त्य गर्ने दिशामा सरकार उद्दत रहेको पुष्टि भएको छ।’

लोकतान्त्रिक राज्य ब्यवस्थामा संवैधानिक परिषद्को अलग्गै महत्व, मर्मलाई सरकारले नबुझ्नु दुःखद रहेको कांग्रेसले जनाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed