वार्ता टोलीका सदस्य अर्यालले भने,’डा. केसीको माग पुरा गर्न कर्मचारीसंग होइन् मन्त्रीसंग वार्ता गर्नुपर्छ’

0
gobinnnnnnnnnnnnnnnn

काठमाडाैं । अनशनरत डा गोविन्द केसीको तर्फबाट गठित वार्ता टोलीका सदस्य तथा अधिवक्ता ओमप्रकाश अर्यालले डा. केसीका मागका सम्बन्धमा अव सरकारले गठन गरेका वार्ता टोलीमा रहेका कर्मचारीसंग नभए मन्त्रीपरिषदका सदस्यहरु संगै कुरा वार्ता गर्नुपर्ने बताउनुभएको छ।

सरकारले गठने गरेका वार्ता टोलीका कर्मचारीले डा. केसीका मागका विषयमा निर्णय गर्न नसक्ने हुदा अव टोलीका कर्मचारी संग नभइ मन्त्रीहरुसंगै  वार्ता गर्नुपर्ने धारण राख्नुभएको छ ।

वार्ता टोलीका सदस्य अर्यालले सरकार इमान्दार नहुँदा वार्ता असफल भएको बताउनुभएको छ । अर्यालले वार्ता गर्ने भनेर बस्ने तर जिम्मेबार व्यक्ति र मन्त्रीहरु भाग्ने काम भएको बताउनुभयो।

‘हामीलाई वार्तामा आउनुस् भन्नुभयो, हामी गयौं, तर शिक्षामन्त्री गिरिराजमणि पोखरेल मोबाइल स्वीचअफ गरेर हिडनुभयो, हामी सिंहदरबार जाने र उहाँ बाहिर निस्कने एकैपटक भयो,’ अर्यालले भन्नुभयोे, ‘हामीलाई बोलाएर उहाँ हिड्नुले डा केसीको माग पुरा नगर्ने षडयन्त्रमा शिक्षामन्त्री रहेको देखिन्छ। नेपाली जनताले वुझ्नु पर्छ उहाँल डा केसीको जीवन जोखिम पार्ने काम गर्नु भयो। ’

केसीको माग पूरा गर्न दबाब दिनका लागि आन्दोलनको कार्यक्रम अब घोषणा हुने उहाँले बताउनुभयो। सबै राजनीतिक दलहरु र नागरिक समाजले डा केसीका बारेमा बोल्न पर्ने समय आएको उहाँको भनाइ छ। ‘संविधान र मौलिक हकसम्वन्धी विषय पनि भएकाले दलहरुलाई हामीले आग्रह गरेका छौं,’

अर्यालले भन्नुभयो, ‘हामी वार्ताको विरोधी हैनौ । जुन सुकै समयमा तयार छौ । तर सरकारले वार्ताका लासग आलटाल गरीरहेको छ ’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed