राष्ट्रपतिमाथि महाअभियोग प्रस्ताव आएपछि संसद विघटन् गर्न बाध्य भए: प्रधानमन्त्री ओली

0
collage (32)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीमाथि नेकपाकै एक तिहाई सांसदहरुको हस्ताक्षरमा महाअभियोग प्रस्ताव दर्ता गर्ने तयारी गरेको सुचना पाएपछि संसद विघटन गरेको दावी गर्नुभएको छ ।

संसद विघटनको सिफारिस बोकेर राष्ट्रपति निवास पुगेका ओलीले भण्डारीसँग पनि विघटन गर्नुपर्नको कारण महाअभियोग भएको जानकारी गराएको बालुवाटार स्रोतको दावी छ।

‘आफ्नै दलको राष्ट्रपतिलाई महाअभियोग लगाउने तयारीको सुचना थाहा पाएपछि प्रधानमन्त्रीज्यू संसद विघटनतर्फ जानु भएको हो’, बालुवाटार स्रोतले शिलालेखलाई भन्यो, ‘फ्रेस म्याण्डेटमा जान किन कोही डराउनु पर्‍यो र ?’

संविधान अनुसार राष्ट्रपतिमाथि संसदका २५ प्रतिशत सांसदहरुले हस्ताक्षर गरेर महाअभियोग प्रस्ताव संसदमा दर्ता गरे लगत्तै निलम्वन हुने व्यवस्था छ । राष्ट्रपति निलम्वन भए लगत्तै उपराष्ट्रपतिले राष्ट्रपतिले गर्दै आएको काम कारबाही गर्ने प्रावधान छ।

यसअघि संसद बैठक बोलाउन माग गर्ने नेकपा ८३ सांसदहरुको हस्ताक्षर सहितको निवेदन राष्ट्रपति कार्यालयले दर्ता गर्न अस्विकार गरेको थियो । स्थायी समिति बैठकमा प्रधानमन्त्री ओलीले ल्याएको संवैधानिक परिषद सम्वन्धी अध्यादेश र ८३ सांसदको संसद अधिवेशन बोलाउन माग गर्ने प्रस्ताव फिर्ता गर्ने निर्णय गरेको थियो । तर संसद बोलाउने प्रस्ताव फिर्ता भएपनि ओलीले उक्त संवैधानिक परिषद सम्वन्धी प्रस्ताव भने फिर्ता लिनुभएन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed