अदालतको पेशी व्यवस्थापन वैज्ञानिक र स्वचालित बनाउन बारको माग

0
Nepal-Bar-Association

काठमाडौं । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश समक्ष अदालतको पेशी व्यवस्थापन वैज्ञानिक बनाउन माग गरेको छ।

शुक्रबार दिउँसो नेपाल बार र सर्वोच्च अदालतको बार इकाइका अध्यक्षसहितको टोलीले प्रधानन्यायाधीशलाई पेशी व्यवस्थापन वैज्ञानिक र स्वचालित बनाउन माग गरेको बार महासचिव लिलामणि पौडेलले जानकारी दिनुभयो। केही वर्षयता बारले पेशी व्यवस्थापन चुस्त नभएको भन्दै यसलाई सुधार गर्नुपर्ने माग गर्दै आएको छ।
महासचिव पौडेलले भन्नुभयो, ‘सर्वोच्च बारका नयाँ अध्यक्ष, नेपाल बारका अध्यक्षसहित हामी केही थियौं। हामीले प्रधान्यायाधीशसँग अदालतका पेशी व्यवस्थापन सुधारेर वैज्ञानिक बनाउन माग गर्‍यौं ‘ पौडेलले भन्नुभयो, ‘प्रधान्यायाधीशले अध्ययन समितिले यसमा काम गर्दैछ भन्नुभयो’।

देवानिदेखि संवैधानिक इजलाससम्मको पेशी व्यवस्थापन सुधारे न्याय पाउन ढिलो हुने समस्या हट्ने कुरा राखेका थिए। सर्वोच्च अदालतमा प्रधानन्यायाधीश, उच्चमा मुख्य र जिल्लामा एक नम्बर न्यायाधीशले पेशी तोक्छन्। कुन मुद्दाको पेशी कसलाई तोक्ने भन्ने अधिकार उनीहरूलाई नै हुन्छ।

बारले भने प्रधानन्यायाधीले नै तोक्दा पनि तजविजि आधारमा नभइ गोलाप्रथा वा अन्य स्वचालित वैज्ञानिक व्यवस्थापनमा जानु पर्ने कुरा उठाउँदै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed