मेयर कप क्रिकेटः काठमाडौंको टोली घोषणा, यी खेलाडीले पाए मौका ?

0
cricket

काठमाडौं काठमाडौं मेयर कप क्रिकेट प्रतियोगिताका लागि काठमाडौं महानगरपालिकाले टोली द्दोषणा गरेको छ ।

काठमाडौंको टोलीमा लुम्बिनी प्रदेशबाट सर्वाधिक पाँच खेलाडीले मौका पाएका छन् । त्यस्तै, प्रदेश-२, गण्डकी र सुदूरपश्चिमबाट २/२, कर्णाली प्रदेशबाट तीन खेलाडी काठमाडौंको टोलीमा अटाएका छन् ।

मेयर कपका लागि काठमाडौंको टिममा प्रदेश-१ बाट सिद्धान्त लोहनी, प्रदेश-२ बाट विवेक यादव, हरि शंकर शाह, गण्डकीबाट अर्जुन कुमाल, विपिन खत्री, लुम्बिनी प्रदेशबाट कृष्ण कार्की, सन्दीप रजाली, सौरभ खनाल, बिक्रम भुसाल, अनिल खरेल, कर्णालीबाट रविन्द्रजंग शाही, विपिन रावल, अनुज चनारा, सुदूरपश्चिमबाट खडक बहादुर बोहरा र नारायण जोशीले स्थान बनाएका छन् ।

यो प्रतियोगितामा पछिल्लो समय सम्पन्न प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा सम्मिलित चार सेमिफाइनलिस्ट टिमसँगै काठमाडौं महानगरपालिकाको अर्को टिम बनाइने छ ।

प्रधानमन्त्री कपमा त्रिभुवन आर्मी, नेपाल पुलिस र एपीएफ तीन विभागीय टिमसँगै बागमती प्रदेश सेमिफाइनल पुगेका थिए ।

काठमाडौंको टिममा प्रधानमन्त्री कपका उत्कृष्ट प्रदर्शन गरेका बाँकी टिमका खेलाडी संयोजन गरी बनाइने क्यानले बताएको छ ।

एकदिवसीय प्रतियोगिता सिंगल राउन्ड रोविन शैलीमा हुने आयोजक क्यानले बताएको छ। जसमा शीर्षस्थानका दुई टिम फाइनलमा पुग्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed