अफगानिस्तानमा रहेका नेपालीलाई सम्पर्कमा आउन सरकारको आह्वान-उद्धारका लागि नाम टिपाउनुहोस् !

0
afganistan

काठमाडौं । सरकारले अफगानिस्तानमा रहेका नेपाली र उनीहरूका नेपालमा रहेका परिवारलाई उद्धारका लागि नाम टिपाउनआग्रह गरेको छ।

परराष्ट्र मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै अफगानिस्तानमा रहेका नेपालीहरुको विवरण संकलन गर्न कन्सुलर सेवा विभागको वेबसाइट www.nepalconsular.gov.np मा अनलाइन रजिष्ट्रेसन पोर्टलको व्यवस्था गरिएको जनाएको छ।

उक्त पोर्टलमा आफ्नो नामसहितको उल्लेख गर्नुपर्ने विवरण तत्काल भरी दर्ता गराउन मन्त्रालयले सम्बन्धित व्यक्ति वा तिनका परिवारका सदस्यलाई आग्रह गरेको छ।

‘उद्धारसँग सम्बन्धित सम्पर्कको लागि भाइबर र ह्वाट्सव एप सुविधासहितको मोबाइल नम्बरहरू ९७४९३२६४५८ ‘कन्सुलर सेवा विभाग’ र ९७४९३२६४५९ (परराष्‍ट्र मन्त्रालय) को व्यवस्था गरिएको छ। आफ्नो अवस्थाका बारेमा जानकारी गराउन वा मन्त्रालयमा उक्त नम्बरहरु मार्फत सम्पर्क गर्न सकिने ब्यहोरा जानकारी गराइन्छु, मन्त्रालयको सूचनामा भनिएको छ।

अफगानिस्तानमा विकसित पछिल्लो घटनाक्रम तथा अवस्थाका बारेमा नयाँ दिल्लीस्थित नेपाली नियोगबाट ट्राभल भड्भाइजरी जारी गरिएको मन्त्रालयले जनाएको छ।

आवश्यक सहयोगका लागि दूतावासको फोन नम्बर ९१८९२९६०१९२५ र इमेल (eondelhi@mofa.gov.np र  consularnepaliembassy@gmail.com) मार्फत् सम्पर्क गर्न भनिएको छ।

अफगानिस्तानमा नेपाली पठाउने म्यानपावरलाई विभागले बोलायो:

त्यस्तै मन्त्रालयले अफगानिस्तानमा वैदेशिक रोजगारीका लागि पठाउने म्यानपावर कम्पनीहरुसँग त्यहाँ कार्यरत नेपालीहरुको विवरण तथा उद्धार कार्यका लागि भरपर्दो सूचना एवं तथ्यांक पनि माग गरेको छ ।

यस्तै वैदेशिक रोजगार विभागले अफगानिस्तानमा रोजगारीका लागि नेपाली पठाउने म्यानपावर कम्पनीलाई सम्पूर्ण विवरणसहित उपस्थित हुन निर्देशन दिएको छ ।

विभागका सूचना अधिकारी महेन्द्रनाथ भट्टराईले भने ‘अफगानिस्तानमा श्रमिक पठाएका म्यानपार कम्पनीलाई सोमबार विवरणसहित उपस्थित हुन भनेका छौं । सरकारी सुरक्षाकर्मीसँग तालिवानको भिडन्तका कारण हिंसा फैलिएपछि अफगानिस्तानबाट धेरै देशले आफ्ना नागरिक फिर्ता लैजान थालेका छन् ।

तनावग्रस्त अफगानिस्तानमा हजार बढी नेपाली:

वार्षिक एक हजारको हाराहारीमा नेपालीहरू श्रम स्वीकृति लिएर अफगानिस्तान पुग्ने गरेको विभागको तथ्यांकले जनाएको छ। त्योबाहेक अवैध रूट र प्रक्रियामार्फत पनि ठूलो संख्यामा नेपालीहरू अफगानिस्तानमा रहेको अनुमान छ।

आर्थिक वर्ष २०७३/०७४ देखि ०७७/०७८ सम्म, पाँच आर्थिक वर्षमा छ हजार छ सय २४ जना नेपाली श्रम स्वीकृति लिएर पुगेको विभागको तथ्यांक छ। उनीहरूमध्ये छ हजार छ सय नौ पुरुष र १५ महिला छन्।

कुन वर्ष कतिले लिए श्रम स्वीकृति? 

  • २०७३/०७४– एक हजार तीन सय ६४
  • २०७४/०७५– एक हजार चार सय ४२
  • २०७५/०७६– एक हजार आठ सय ३०
  • २०७६/०७७– नौ सय २४
  • २०७७/०७८– एक हजार ७०।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed