ओलीसँग मिलेर सत्तामा जानु कांग्रेसका लागि आत्महत्या गर्नु जस्तै हो:अर्जुननरसिंह केसी

0
C7mfsNwC_400x400

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले कांग्रेस कुनै पनि हालतमा सरकारमा सहभागी हुन नहुने बताउनुभएको छ ।

प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले सरकारमा सहभागी हुन कांग्रेसलाई आग्रह गरेको चर्चा बाहिरिएसँगै नेता केसीले यस्तो टिप्पणी गर्नुभएको हो ।

नेता केसीले आइतरबार टिविट गर्दै लेख्नुभएको छ, प्रम ओलीले नेका सँग सयुक्त सरकारको प्रस्ताव राखेको हल्ला छ’ उनले भनेका छन् ‘स्थिरता,समृद्धि र स्वर्ग लाने भ्रम छरेर आएको,भ्रष्टाचारमा चुर्लुम्म डुबेका संग, फोहोरको भारी बोक्न यसमा संलग्न हुनु वा सत्तामा जाने हतार गर्नु नेकाको निम्ति आत्महत्या हुने छ।’

नेता केसीले सत्तारुढ नेकपाको आन्तरिक विवादमा कांग्रेसले सरोकार लिनु आवश्यक छैन् । साथै नेकपाको विवाद उनीहरुकै समस्या हो । ‘उनीहरू टुटुन,फुटुन वा जुटुन यो उनकै समस्या हो’ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed